Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • इजरायल–प्यालेस्टाइनबिचको हिंसा बढ्दै जाँदा युद्ध विरामको अपील

    इजरायल–प्यालेस्टाइनबिचको हिंसा बढ्दै जाँदा युद्ध विरामको अपील

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 3.1K
    SHARES

    एजेन्सी । इजरायल–प्यालेस्टाइनबिचको हिंसा बढ्दै जाँदा सर्वसाधारणको रक्षाका लागि युद्ध विरामको अन्तर्राष्ट्रिय अपील गरिएको छ ।

    फ्रान्स र इजिप्टले हिंसा अन्त्यका लागि तत्काल युद्ध विरामको माग गरेका छन् भने संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले सर्वसाधारणको रक्षाका लागि अपील गरेका छन् ।



    हवाई आक्रमणका कारण भत्किएका भवनका भग्नावशेषबाट निकालिँदै गरेका बालबालिका तथा आक्रमणबाट जोगिन भाग्दै गरेका सर्वसाधारणको तस्बिर तथा भिडियोले अन्तर्राष्ट्रिय समुदाय चिन्तित बनेको छ ।



    इजरायल–प्यालेस्टाइनको हिंसा दोस्रो हप्तामा प्रवेश गरेको छ । युद्ध विरामको सम्भावना अझै न्यून देखिएको छ । अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २१२ जनाको ज्यान गएको छ । इजरायलमा दुई बालबालिकासहित १० जना मारिएका छन् ।

    इजरायलले गाजामा मारिएका अधिकांश बिद्रोही लडाकु रहेको दाबी गरेको छ । हमासले भने मारिने सबै सर्वसाधारण रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघले मानवीय क्षतिसँगै गाजाका पूर्वाधारमा पुगेको क्षतिप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार