Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एमाले कार्यदलको पहिलो बैठक : कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय

    एमाले कार्यदलको पहिलो बैठक : कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। आन्तरिक विवाद मिलाउने जिम्मेवारी पाएको सत्तारुढ नेकपा एमालेको कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ ।

    आज सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको र बुधबार पुनः बैठक बस्ने कार्यदलमा रहेका नेता भीमबहादुर रावलले जानकारी दिए । रावलले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने जनाउँदै पार्टीलाई एकताबद्धरुपमा अघि बढाउन सद्भाव तथा एकता वृद्धि गर्न, आपसी अविश्वास, अन्तरविरोध र असहयोगबाट अलग रहन सम्पूर्ण पार्टी पङ्तिलाई आव्हान गर्ने निर्णय पनि भएको बताए ।



    एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत वैशाख ३० र यही जेठ २ गतेको आपसी सहमतिका आधारमा नेता रावल, सुवास नेम्वाङसहित १० सदस्यीय कार्यदल गठन भएको थियो ।



    आजका बैठकमा काम विशेषले सदस्य विष्णुप्रसाद पौडेल र शङ्कर पोखरेल अनुपस्थित रहेका थिए । कार्यदलललाई एमालेको साङ्गठनिक संरचना २०७५ जेठ ३ माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्था, सहमतिमा जिम्मेवारी बाँडफाँट तथा माओवादीबाट प्रवेश गरेका नेताकार्यकर्ताको व्यवस्थापनलगायतबारे सुझाव दिन भनिएको छ ।

    गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमालेको पुरानै संरचना कायम हुनुपर्ने नेता नेपाल पक्षको अडान रहँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार