Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ठूला अस्पतालहरुमा अक्सिजन उत्पादन प्लान्ट नहुनु विडम्बना : शिक्षा मन्त्री श्रेष्ठ

    ठूला अस्पतालहरुमा अक्सिजन उत्पादन प्लान्ट नहुनु विडम्बना : शिक्षा मन्त्री श्रेष्ठ

    अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अनिवार्य हुनुपर्ने

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    ललितपुर । नेपाल विज्ञान तथा प्रबिधि प्रतिण्ठान(नाष्ट)ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ ।

    कोभिड-१९को महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नयाँ  सिलिण्डर निर्माण गरी परीक्षण गरिएको नाष्टको भनाइ छ  ।



    यसैबीच, शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नाष्टले उत्पादन गरेको सिलिन्डर परीक्षणको शुभारम्भ गरेका थिए ।



    परीक्षण अवलोकन गर्न नाष्टको मुख्यालय पुगेका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा.सुनिलवावु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाललगायत सबै टिमलाई धन्यावाद दिँदै भने, ‘अब नेपालले प्रेसर धान्न सक्ने सीलिन्डर उप्तादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ, नेपालका वैज्ञानिकले पहिलो चरणमा पनि कोभिड संक्रमण नियन्त्रण गर्न, स्वाब कलेक्सन भ्यान, स्यानीटाइजर, धुनमिल्ने मास्क निर्माण गरेर कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान गर्नुभयो । उनले भने, ‘अब सिलिन्डर तयार गरेर कोरोना संक्रमितको प्राणवायु अक्सिजन भर्ने सिलिन्डर निर्माण गर्ने प्रबिधिको सफल परीक्षण गरेर महत्वपुर्ण काम गर्नुभएको छ ।’

    यस्तै, मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै भने, ‘विगतमा अस्पताल सञ्चालन अनुमति दिँदाअक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नुपर्ने थिएन ।’

    नाष्टका प्रबिधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको जानकारी दिँदै भने, ‘सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाँकी छ , केही दिनमा सिलिन्डर उत्पादन गर्ने कम्पनीसंग छलफल गरी व्यावयासीक उत्पादन गर्न अनुमति दिनेछौ ।’ ढकालका अनुसार नेपालमा पाईने सिलिन्डरको न्युनतम मुल्य करिब १५ हजार पर्नेछ भने नाष्टको प्रबिधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मुल्य पर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार