Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • डेढ बर्षअघि क्यान्सर जितेका कांग्रेस नेता मल्लको कोरोनाबाट निधन

    डेढ बर्षअघि क्यान्सर जितेका कांग्रेस नेता मल्लको कोरोनाबाट निधन

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका महासमिति सदस्य, पूर्व जिल्ला कोषाध्यक्ष गजिन्द्रप्रकाश मल्लको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

    जिल्लास्थित पार्टीका कार्यवाहक सभापति कुमार रानाका अनुसार विगत दुई वर्षदेखि अस्वस्थ रहेका मल्ललाई कोरोना पोजेटिभ भएपछि उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको थियो । तर, उनको आज बिहान उपचारकै क्रममा निधन भएको रानाले जानकारी दिए।



    डेढ वर्षअघि क्यान्सर रोगलाई समेत जितेका मल्ल ७३ बर्षका थिए ।



    मल्लका गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लसहित ३ छोरा, श्रीमती र एक छोरी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार