Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • इजरायल-प्यालेस्टाइनबीचको द्वन्द्वभित्र लेबनानको प्रवेश

    लेबनानले इजरायलमा रकेट हमला गरेपछि बाइडेन र नेतान्याहूबीच फोनमा वार्ता

    लेबनानले इजरायलमा रकेट हमला गरेपछि बाइडेन र नेतान्याहूबीच फोनमा वार्ता

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 8K
    SHARES

    एजेन्सी। इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व चरम उत्कर्शमा पुगेको बेला एकाएक लेबनानज्को प्रवेश भएको छ। इजरायली सेनाका अनुसार लेबनानबाट चारवटा रकेट प्रहार गरिएको छ। लेबनानले इजरायलमा रकेट हमलाको बदला लिने क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग कुरा गरेका छन्। इजरायल र हमासमा लडाईं भएपछि यी दुई नेताले चौथो पटक फोनमा कुरा गरे।

    अमेरिका र इजरायलको मित्रता सबैलाई राम्रोसँग थाहा छ। हालसालै संयुक्त राज्यअमेरिकाले संयुक्त राष्ट्र सुरक्षा काउन्सिलमा भएको द्वन्द्वको संयुक्त प्रस्तावको विरोध गरेको थियो। ह्वाइट हाउसका अनुसार दुबै नेताहरूले वर्तमान परिस्थितिबारे छलफल गरे र युद्धविरामका लागि भइरहेको कूटनीतिक प्रयासको बारेमा पनि कुरा गरे।



    बिबिसीको समाचारका अनुसार अनुसार  अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई युद्धविराममा जान सुझाव दिएको वताइएको छ। । यद्यपि इजरायली प्रधानमन्त्री नेतान्याहूले  इजरायली सेना आफ्नो लक्ष्य हासिल गर्नमा व्यस्त रहेको जवाफ दिएका छन् ।



    यसैबीच, इजरायली सुरक्षासँग सम्बद्ध स्रोतहरूले बीबीसीलाई  हाल कुनै युद्धविरामको कुरा नभएको जनाएका छन् । हमासका अधिकारीहरूले युद्धविरामका लागि गम्भीर प्रयास भइरहेको बताएका छन् । अधिकारीहरूले इजरायललाई हठी रुख अपनाएको आरोप लगाएका छन् ।

    इजरायली सेनाका अनुसार लेबनानबाट चारवटा रकेट प्रहार गरिएको छ। इजरायली सेनाका अनुसार एक रकेट ‘आइरन डोम’ले ध्वस्त पारेको थियो, अर्को खुला मैदानमा खसेको थियो र दुई वटा भूमध्यसागरमा खसेका थिए। इजरायलका सेनाले यसको जवाफमा लेबनानी भूमिमा  अनेकौं आक्रमण गरे।

    टाइम्स अफ इजरायलका अनुसार हाइफा र वरपरका शहरहरूमा मानिसहरूलाई चेतावनी दिन साइरन बजाइएको थियो। हालसम्म कुनै हताहत रिपोर्ट छैन। कट्टरपन्थी संगठन हिज्बुल्लाहले लेबनानबाट मात्र काम गर्दछ। २००६ मा, हिज्बुल्लाह र इजरायलबीच एक महिना लामो लडाई थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार