Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • स्पेनबाट चार्टर्डमार्फत् स्वास्थ्य सामग्री ल्याएको जहाज काठमाडौँ आइपुग्यो

    स्पेनबाट चार्टर्डमार्फत् स्वास्थ्य सामग्री ल्याएको जहाज काठमाडौँ आइपुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ। स्पेनले नेपाल सरकारलाई दिएको अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

    स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामग्री काठमाडौँ आइपुगेको हो । स्वास्थ्य सामग्री बुझ्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी विमानलस्थलसम्म पुगेका थिए।



    हस्तान्तरण गरिएका सामाग्रीमा ५० थान अक्सिजन सिलिन्डर, २० थान अक्सिजन कन्सनट्रेटर, ७७ वटा भेन्टिलेटर, १४ थान रेस्पिरेटर्स, १ लाख ६४ हजार एन्टीजेन टेस्ट, २।४ मिलियन मास्क, ४२ हजार ५०० पञ्जा र ३० हजार आइसोलेसन गाउन्ज छन् ।



    स्पेनबाट आएको उक्त चार्टर जहाज शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । कोभिडका कारण लकडाउनले काठमाडौंमा अड्किएका झन्डै ५० जना स्पेनी नागरिक र पर्वतारोहीलाई लिएर उक्त जहाज फर्कने भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार