Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रकृतिले समेत ठगेको दिन, ‘बादल’माथि थप पाँच बादल

    प्रकृतिले समेत ठगेको दिन, ‘बादल’माथि थप पाँच बादल

    निर्मल बाबु लामिछाने
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 3.7K
    SHARES

    निर्मल बाबु लामिछाने / काठमाडौँ । भनिन्छ, राजनीति एउटा गेम हो जसले विपक्षीहरुलाई छक्याउदै अगि बढ्न सक्यो उसैको जित हुन्छ । तर, खेलमा गोल गर्नका लागि खटाईएको फरवार्डले मात्रै गोल गर्दैन कहिले काहीँ गोलकीपरले पनि चान्स पाएको खण्डमा आफ्नो तागत प्रयोग गर्दै गोल गर्न सक्छ । यस्तो खेलका उदाहरणहरु त हामीले धेरै खेलहरुमा देख्ने गरेका छौं जसमा अन्य खेलाडीहरुले पनि आफू गोल गर्न सक्ने क्षमता छ भन्दै फरवार्डहरुलाई चुनौती दिएका हुन्छन् ।

    यसैबीच, खेल जस्तै भएको छ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजनीति । फरवार्डमा आफू छु सहपाठीहरुले बल पास गर्छन् र गोल गर्छु भन्दै बसेका बादललाई गोल गर्न नदिन आफ्नै टिमका साथीहरुले विपक्षीको पोष्टमा गोल गरे । जुन आजको बागमती प्रदेश स्तरिय राष्ट्रियसभाको चुनावमा प्रष्टै देखियो ।



    कोरोना भाइरसको महामारीसँग सिंगौरी खेल्दै चुनावमा होमिएका एमाले सत्ता पक्षका मतदाताहरुले बादललाई जिताउन भने सकेनन् । उतिबेला चुनावीसत्रमा उमेद्वारी दर्ता गराउन हेलिकप्टरमा हेटौंडा पुगेका बादलले अन्तत: पराजित हुनुपर्यो ।



    जेठको मौसम हेटौंडाको प्रचण्ड गर्मीलाई नजर अन्दाज गर्दै मतदानका लागि जेठ छ गते आजकै दिन साइत जुराईदिएको थियो निर्वाचन आयोगले तर सदाझैँ आजको दिन बिहान घाम लागेन, पानी पनि राम्रोसँग पर्न सकेन। प्रकृतिले पनि आज आकासमा लागेको बादल रोक्न सकेन, हेटौंडाको मतदान स्थलमा उपस्थित भएका बादलको माथि अर्को बादल दिनभर खडा भइरहे उनी हुन् विपक्षी गठबन्धनका अर्का उमेद्वार खिमलाल देवकोटा।

    उतिबेला नेकपा माओवादीबाट गृहमन्त्री बनेका बादल पछिल्लो समय माओवादी नै परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए। गत फागुन २३ गतेको फैसलाले तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई साविककै अवस्थामा ब्युत्याइदिएपछि गृहमन्त्री बादलले एमालेमै बस्ने निर्णय गरेका थिए।

    बादलको यही निर्णयले केहीदिन माओवादीमा खैलाबैला नै मच्चिएको थियो भने यता एमालेमा पार्टीका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल उनको आगमनले खुसी भएका थिएनन् । तर, आफ्नो पार्टीमाथि घात गरेको भन्दै माओवादीले बादलको राष्ट्रिय सभाको सदस्य पद पनि खारेज गरेको थियो। सांसद पद खारेजीसँगै पुन मन्त्री बनेका बादललाई अहिलेको राष्ट्रियसभा उपनिर्वाचनमा जिताउने भन्दै एमालेले उमदेवारी दिन लागाएको थियो।

    आजको निर्वाचनको परिणाम आउनु भन्दा अगाडि नै सर्वोच्च अदालतले गृहमन्त्री बादललाई गैरसंबैधानिक भन्दै नियुक्ति बदर गरिदिएको थियो । अबका दिनहरुमा बादल न मन्त्री रहे न सांसद रहे न आफूलाई गृहमन्त्री बनाएको मओवादी पार्टी नै रह्यो । अबका दिनहरुमा गृहमन्त्री बादल कुन रुपमा कतातिर बाट अगाडि बढ्छन् त त्यो हेर्न बाँकी नै छ तर आजको निर्वाचन र सर्वोच्चको नतिजालाई हेर्ने हो भने बादलमाथि ४ – ५ बादलहरु(प्रकृति, सर्वोच्च, निर्वाचन, देवकोटा र भबिष्य) खडा भएको देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार