Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ११ दिनपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

    ११ दिनपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ ।

    ११ दिन लामो हिंसात्मक गतिविधिपछि दुवै पक्षले युद्धविरामको सहमति गरेका बीबीसीले जनाएको छ । इजरायलको मन्त्रिपरिषद्ले बिनासर्त आपसी समझदारी गर्न अनुमती दिएपछि हमासको तर्फबाट पनि युद्धविराम भएको हो।



    अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधवार इजरायली प्रधानमन्त्रीलाई फोन गरेर युद्धविरामको पहल गर्न अनुरोध गर्नुभएको थियो भने इजिप्ट, कतार र संयुक्त राष्ट्रसङ्घले पनि गाजामा शासन गर्ने हमास र इजरायलबीच युद्धविरामका लागि पहल गरेका थिए ।



    युद्धविराम आज बिहानदेखि नै लागू भएको छ । ११ दिन चलेको हिंसात्मक द्वन्द्वमा कम्तीमा एक सय जना बालबालिका र महिलासहित दुई सय ३२ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् । इजरायलतर्फ १२ जनाको ज्यान गएको छ ।

    युद्धको अवधिमा प्यालेस्टाइनको तर्फबाट चार हजारभन्दा धेरै रकेट प्रहार भएका छन् भने इजरायलले पनि गाजा क्षेत्रमा सयौँ हवाई आक्रमण गरेको छ । युद्धविरामपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस र अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वागत गरेका छन् ।

    युद्धविराम घोषणा भएपछि जेरुसेलम शान्त देखिएको र गाजामा प्यालेस्टिनी नागरिकले खुसीयाली मनाएका बीबीसीले जनाएको छ । गाजा क्षेत्रमा भड्किएको हिंसा सन् २०१४ यताकै गम्भीर हो । जेरुसेलममा रहेको अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक आक्रोशित भएका थिए । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ ।

    यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ । हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

    सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । इजरायलले जेरुसेलमलाई आफ्नो राजधानी दाबी गरे पनि प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई आफ्नो दाबी गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार