Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भारतबाट पनि उद्योगीहरुले नै भित्र्याए पाँच बुलेट अक्सिजन ग्यास

    भारतबाट पनि उद्योगीहरुले नै भित्र्याए पाँच बुलेट अक्सिजन ग्यास

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि अक्सिजन ग्यासको अभाव हुन नदिन उद्योगीहरुले भारतबाट वीरगञ्जको बाटो गरी ठूलो सानो गरी पाँच वटा बुलेट नेपाल भित्र्याएका छन् ।

    काठमाडौँको शङ्कर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट नेपाल भित्र्याएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । अक्सिजन ग्यास उद्योगीले भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट ल्याएका हुन् । उद्योगले लिक्विड अक्सिजन ल्याएर अस्पताललाई दिने गर्छ । उद्योगसँग दुई वटा मात्रै लिक्विड अक्सिजन बोक्ने बुलेट छ । लिक्विड अक्सिजनको ट्याङ्कर उपत्यकामा ट्रमा सेन्टर र टेकु अस्पतालमा मात्रै रहेको छ । बुलेटमा ल्याइएको अक्सिजन ट्याङ्कमा खन्याउने गरिन्छ । वीरगञ्ज नाकाबाट यही जेठ १ गतेदेखि लिक्विड अक्सिजनसहितको बुलेट आएको बताइएको छ ।



    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत शैलेन्द्र अधिकारीका अनुसार रक्सौल–वीरगञ्ज नाका भएर हालसम्म एउटा सानो र चार वटा ठूलो बुलेट नेपाल भित्रिएका छन् । तीन लटमा आएको अक्सिजन ग्यास पहिलो लटमा ११ हजार ५५० एमटिक्यू , दोस्रोमा चार हजार ८७४ एमटिक्यू र तेस्रोमा १२ हजार ५७४ एमटिक्यू आएको बताइएको छ ।



    एक घनमिटरको मूल्य भारु १६ दरमा अक्सिजन खरिद गरी नेपाल ल्याइएको अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमण बढ्दै गएको र बिरामीलाई अक्सिजनको अभाव हुन थालेपछि सङ्घीय सरकारले हाल अक्सिजन बुलेट आयातमा भन्सार शुल्क शून्य बनाएको छ ।

    भारतबाट नेपाल भित्रिँदा एउटा बुलेटमा प्रवेश शुल्क रु ५६५ लाग्ने गर्छ । नेपाल–भारत दुवै देशका अधिकारीले सहमति दिएपछि उद्योगीहरुले अक्सिजन ग्यासको बुलेट नेपालमा ल्याउन शुरु गरेको भन्सार कार्यालयका अधिकारीहरुले बताएका छन् । हाल नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएर बिरामीहरु अक्सिजनको अभावमा मर्न थालेपछि यसलाई रोक्न तथा अक्सिजनको अभाव नहोस् भनेर उद्योगीहरुले भारतबाट अक्सिजन ग्यास ल्याउने गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार