Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रदेश २ को छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित पाँचजना पक्राउ

    प्रदेश २ को छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    ??????

    रामनारायण यादव/ जनकपुरधाम । सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर २ स्थित सीमा ईलाकाबाट बिहीबार एक युवकलाई पक्राउ गरीएको छ ।

    पक्राउ पर्नेमा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्वर १ बस्ने २१ वर्षीय शिवशंकर यादव रहेको प्रहरीले जनाएको छ । उनको साथमा १५ वटा नाईट्रोभेट ट्याब्लेट र १ बोतल डाईलेक्स नामक लागूऔषध बरामद भएको छ ।



    भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि चेक जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो ।



    पक्राउ परेका यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

    यसैगरी सशस्त्र प्रहरीले धनुषाको धनौजी गाउँपालिका वडा नम्वर ४ स्थित भडरियाबाट शुक्रबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमो जनकपुर उपमहानगरपालिका वडा नम्वर १ सिताचोक बस्ने २८ वर्षीय अमित कुमार चौधरी रहेका छन् ।

    उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ठाडिझिझाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि चेक जाँच गर्दा उनको साथमा निट्राभेट ट्याब्लेट ८५ वटा, स्पास्मो क्याप्सुल २९ वटा र एक्जीप्लोन ६ बोतल फेला परेको छ ।

    पक्राउ परेका चौधरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

    यस्तै प्रहरीले महोत्तरीको औरही नगरपालिका वडा नम्वर ४ कठुधार स्थित सम्सीबाट दुई जना सहित एक बालकलाई नियन्त्रणमा लिएको छ ।

    सम्सीबाट माईस्थान तर्फ जाँदै गरेको ज.१० प.४९४२ नम्वरको मोटरसाईकल र ईटाटर चौकबाट ज.१२ प. ३००१ नम्वरको मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा उनको साथबाट शुक्रबार लागुऔषध बरामद भएको हो ।

    पक्राउ पर्नेमा गौशाला नगरपालिका वडा नम्वर ४ बस्ने २२ वर्षीय रबिन साह, उनका सथमा रहेको १५ वर्षीय एक बालक र बर्दिबास नगरपाकिला वडा नम्वर १२ बस्ने ३४ वर्षीय रंजन आलेलाई ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरिएको हो ।

    उनीहरुको साथबाट निट्राभेट ट्याब्लेट ४५ वटा, स्पास्मो क्याप्सुल २४ वटा र एक्जीप्लोन ६९ बोतल फेला परेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार