Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

उपेन्द्र पक्षका १२ जना सांसदमाथि कारवाही गरिएको पत्र राष्ट्रपति कार्यालयमा

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षका १२ जना सांसदलाई कारवाही गरिएको पत्र राष्ट्रपति कार्यालयमा बुझाएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १२ जनालाई मान्यता नदिन ठाकुर पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएको बुझिएको छ ।

पत्रमा देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो दलबाट १२ जनाले गरेको हस्ताक्षर गर्ने सांसद्लाई पार्टीले कारवाहीको प्रकृया अगाडि बढाएको हुनाले सो हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरिएको उल्लेख छ ।

यादव पक्षले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा १२ जना सांसदको हस्ताक्षर बुझाएका थिए । यादव पक्षमा बाबुरामआ भट्टराई पनि संलग्न छन्।

अध्यक्ष ठाकुरले भने केपी ओलीको समर्थनमा पार्टीका ३२ जनाको नामसहितको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077