Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बाइडेनले प्यालेस्टिनीहरुलाई लक्षित गर्दै भने – हामी अझै इजरायलको सुरक्षाप्रति प्रतिबद्ध छौ 

    बाइडेनले प्यालेस्टिनीहरुलाई लक्षित गर्दै भने – हामी अझै इजरायलको सुरक्षाप्रति प्रतिबद्ध छौ 

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 2.5K
    SHARES

    एजेन्सी। ११ दिनको कडा लडाई पछि इजरायल र हमासबीच युद्धविराम भएको छ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले यो युद्धविराममा प्रमुख भूमिका खेलेको जानकारीका अनुसार बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग निरन्तर सम्पर्क राखेका थिए।



    बाइडेनले पर्दा पछाडि रहेर युद्धविरामको लागि लगातार दबाब दिएका थिए । यसैबीच राष्ट्रपति बाइडेनले शुक्रबार इजरायलको सुरक्षाप्रति आफ्नो प्रतिबद्धतामा कुनै परिवर्तन नआएको वताएका छन्।



    प्यालेस्टिनीलाई साउदी लगायतका मध्यपूर्वका देशहरुले समर्थन गरेका थिए।
    ११ दिनको इजरायली-हमास लडाईपछि युद्धविरामको पहिलो दिनमा बाइडेनले ह्वाइट हाउसको प्रेस सम्मेलनमा बोलेका थिए।
    यस आक्रमणमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भयो जसमध्ये अधिकांश गाजामा प्यालेस्तिनी थिए।

    ११ दिनको रक्तपातपूर्ण संघर्षमा  २२७ जना प्यालेस्तिनी र ११ जना इजरायलीको मृत्‍यु भएको थियो ।

    ११ दिन अघि इजरायल र हमासको बिरूद्ध लडाई सुरु भएको थियो जब उग्रवादी समूहहरूले यरूशलेममा लामो दूरीका रकेटहरू चलाएएका थिए ।

    यसअघि अल प्यारा मस्जिदमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली पुलिसबीच झडप भएको कारण अवस्था तनावपूर्ण भएको थियो।

    त्यसपछि इजरायलले हमासलाई लक्षित गरी सयौं हवाई हमला गर्‍यो ।

    हमास र अन्य आतंकवादी समूहले इजरायली शहरहरूमा ४००० भन्दा बढी रकेटकेटा हमला गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार