Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एअर इन्डियाको सर्भरमा भएको साइबर हमलामा ४५ लाख सेवाग्राहीको ‘डाटा लिक’

    एअर इन्डियाको सर्भरमा भएको साइबर हमलामा ४५ लाख सेवाग्राहीको ‘डाटा लिक’

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    एजेन्सी। भारतको ध्वजावाहक एअर इन्डियाले सर्भरमा भएको साइबर हमलाका कारण विश्वभर रहेका उसका ४५ लाख सेवाग्राहीहरूलाई असर परेको जनाएको छ।

    घटनाबारे कम्पनीलाई गत फेब्रुअरी महिनामा जानकारी गराइएको थियो।



    राहदानी, हवाई टिकटबारे सूचना अनि क्रेडिट कार्ड डेटा लगायतका विवरण प्रभावित भएको बताइएको छ।



    तर एअर इन्डियाले भने क्रेडिट कार्डबारे विवरण निसानामा परेका सर्भरहरूमा नराखिएको जनाएको छ। हमलामा कसको हात छ भन्ने कुरा स्पष्ट भइसकेको छ।

    स्टार अलाएन्स नेटवर्कको सदस्यसमेत रहेको उक्त वायुसेवा कम्पनीले सन् २०११ को अगस्ट २६ देखि सन् २०२१ को फेब्रुअरी २० सम्ममा दर्ता भएका सबै जानकारी चुहिएको जनाएको छ।

    एअर इन्डियाले सबै ग्राहकहरूलाई उसको वेबसाइटको पासवर्ड फेर्न आग्रह गरेको छ। कम्पनीले त्यसपछि कुनै पनि किसिमको अनधिकृत गतिविधि पत्ता नलागेको जनाएको छ।

    सन् २०१८ मा ४००,००० सेवाग्राहीहरूको व्यक्तिगत र क्रेडिट कार्ड सम्बन्धी विवरण प्रभावित भएपछि गत वर्ष ब्रिटिश एअरवेजलाई २ करोड ६० लाख अमेरिकी डलर जरिवाना गरिएको थियो। बिबिसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार