Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • महामारीमा अर्बौ खर्चेर किन चुनाव गर्ने प्रश्नमा गोकुलको जवाफ : कोरोना लाग्नेले किन भात खाने ?

    महामारीमा अर्बौ खर्चेर किन चुनाव गर्ने प्रश्नमा गोकुलको जवाफ : कोरोना लाग्नेले किन भात खाने ?

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । नेकपा एमालेका  नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जनताले चुनेको सरकारलाई पटक पटक अप्राकृतिक समीकरण देखि समीकरणसम्मको गोलचक्करमा रिङगाउने षडयन्त्र समाप्त भएको दाबी गरेका छन् ।

    बाँस्कोटाले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब माधब-प्रचण्डले कुण्ठित ईच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु,जनताले कोल्याप्स हान्दिए भने सक्यो। गुनासोको काम छैन। विधी,पद्दती लगेर कर्णालीमा सेलाउनु।’



    बाँस्कोटाले एक टेलिभिजन कार्यक्रममा बोल्दै तोकिएकै समयमा निर्वाचन हुने पनि स्पष्ट पारे । उनले चुनाव हुँदैन ?  भनेर कसले भनेको भन्दै जंगिए ।



    उनले कांग्रेस सभापति शेरबहादुर देउवा चुनावमा नगएर के जंगलमा जानुहुन्छ त ?  भन्ने प्रश्न पनि गरे । खोप किन्न नसक्ने तर अर्बौ खर्च गरेर चुनाव गर्ने ?  प्रश्नको उत्तरमा उनले भने, ‘कोरोना लाग्नेले भात किन खाने त अर्बौ खर्च भाको छ त ?  भनेर उल्टै प्रश्न तेर्स्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार