Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई दुर्गा प्रसाईंको धम्की

    गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई दुर्गा प्रसाईंको धम्की

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिने झापास्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई धम्की दिएका छन् ।

    गत हप्ता डा केसीले काठमाडौं विश्वविद्यालयले गलत तरिकाले बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै जारी गरेको विज्ञप्तिलाई सुवेदीले प्रचारप्रसार गरेको भन्दै व्यवसायी प्रसाईले धम्की दिएको सुबेदीले बताए ।



    प्रसाईंले सुवेदीलाई फोन गरेर भौतिक आक्रमण गर्ने धम्की दिँदै ‘तँलाई भेटे भने तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु,’ सुवेदीका परिवारका सदस्यहरु (आमा, बुवा र बहिनी) लाई समेत जोडेर ‘डाँका’ भन्दै गालीगलौच गरेको सुबेदीको भनाइ छ।



    सुबेदका अनुसार बिज्ञप्ति निकालेकै दिन प्रसाईंले धम्की दिँदै तँ कहाँ छस् ? त्यहीँ आउँछु भनेका थिए ।

    प्रसाईले संचालन गरेको बीएन्डसीलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा नियमविपरीत सम्बन्धन दिने चलखेल भइरहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार