Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना फैलिनु अघि नै वुहानका वैज्ञानिकहरु बिरामी परेको अमेरिकी गुप्तचरको खुलासा

    कोरोना फैलिनु अघि नै वुहानका वैज्ञानिकहरु बिरामी परेको अमेरिकी गुप्तचरको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    एजेन्सी। कोरोना भाइरसको उदगमस्थल चीनको वुहानस्थित एक ल्याबमा काम गर्ने तीन जना अनुसन्धानकर्ताहरू संसारमा कोरोना महामारी फैलनुभन्दा एक महिना अगाडि बिरामी परेको एक अमेरिकी खुफिया एजेन्सीले दाबी गरेको छ।

    अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन अनुसन्धानकर्ता नोभेम्बर २०१९ मा बिरामी परेर अस्पतालको सहयोग मागेको र सोही ल्याबका बिरामी अन्वेषकहरू अस्पताल गएको दावी गर्दै समाचार छापेको छ।



    कोरोना भाइरस वुहान ल्याबबाट फैलिएको हो भन्ने शङ्का पहिले देखि नै गरिँदै आएकोमा के विश्वास गरिएको छ भने गुप्तचरको प्रतिवेदनमा रहेको जानकारीले कोरोना भाइरस कुनै ल्याबबाट बाहिरिएको हो भन्ने दाबीको छानबिनलाई जोड दिएको छ।



    अमेरिकी सुरक्षा परिषद्का प्रवक्ताले वाल स्ट्रिट जर्नलको समाचारमा टिप्पणी गर्न नमानेको बीबीसीले उल्लेख गरेको छ। तर, वाईडेन प्रशासन ‘कोरोना भाइरसको उत्पत्तिको बारेमा छानबिन गर्न गम्भीर रहेको कुरा भने अधिकारीहरूले स्वीकारेका छन्।

    यसभन्दा अघि विश्व स्वास्थ्य सङ्गठनको एक समूह वुहानमा महामारी सम्बन्धी तथ्य पत्ता लगाउन गएको थियो। यद्यपि डब्लुएचओले भनेको छ कि कोरोना भाइरस वुहानको प्रयोगशालाबाट संसारमा फैलियो भन्ने प्रमाणित गर्न पर्याप्त तथ्य छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार