Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एमाले विवाद

    माधव पक्षका नेताहरुले स्पष्टिकरण नदिने, बरु कारवाही भोग्‍न तयार !

    माधव पक्षका नेताहरुले स्पष्टिकरण नदिने, बरु कारवाही भोग्‍न तयार !

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण नबुझाउने भएका छन् । एमालेले नेपाल पक्षका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको थियो ।

    पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको नेपाल पक्षका नेता भीम रावलले बताए ।



    ‘स्वयम् ओली एमालेको अवैध अध्यक्ष भइसक्नुभएको छ । कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम पटक पटक गरिरहनुभएको छ’ रावलले भने । अध्यक्ष ओलीले नै स्पष्टीकरण दिनुपर्ने उनको भनाइ छ ।



    एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन नेपाल समूहका ११ सांसदलाई पत्र पठाएका थिए ।

    वैशाख २७ गते प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापालाई मतदान नगर्नुका कारण तथा जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न सोधिएको छ ।

    यस्तै संसद विघटन रद्द गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै माधव पक्षका २३ जना सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । यसअघि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा सहमति जनाउने सबै सांसदको नाम भने उक्त रिटमा छैन ।

    पहिले देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा हस्ताक्षर गर्ने सांसद २६ जना थिए भने सोमबार रिट दायर गर्ने क्रममा २३ जना मात्रै छन् । माधव पक्षका भनी चिनिएका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौलाको नाम रिट दायर गर्ने सांसदको सूचीमा छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार