Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सरकारलाई विप्लवले चेतावनी दिँदै भने- राष्ट्रहित विपरित निर्णय खारेज गर्नु

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘बिप्लव’ले अध्याधेशमार्फत जारी भएको नागरिकता बिधेयकबारे आफ्नो पार्टीको गम्भीर ध्यानकर्षण भएको बताएका छन् ।

आज पार्टीका महासचिव समेत रहेका बिप्लवले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी भएको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।

विज्ञप्तिमा नागरिकता जस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका बिषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक हुने उल्लेख गरिएको छ । त्यस्तै, सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्न मात्र यस्तो निर्णय लिइएको विप्लवको धारणा छ।

‘यो संविधान जारी गर्दा नै नागरिकतासम्बन्धि कैयौँ गलत एवम् त्रुटिपुर्ण प्रावधान रहेको भन्दै राष्ट्रहित विपरित गरिएका सम्झौता तत्काल खारेज गर्न विप्लवले विज्ञप्तिमार्फत् चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077