Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालको राजनीति तेल रहित तरकारी सरहको भयो

    नेपालको राजनीति तेल रहित तरकारी सरहको भयो

    भरत खत्री
  • सोमबार, १० जेष्ठ २०७८
  • 3.9K
    SHARES

    मानव सभ्यताको प्रारम्भिक अवस्थाको मानब र बर्तमान युगमा चम्किएको मानिसबीचको भेद गहिरो छ। जहाँ मानब मस्तिष्कको उपस्थिति निर्णायक देखिन्छ। प्रकृतिले फरक–फरक बनावट तथा कार्य समाहित जीवहरुलाई भिन्नै सामाथ्र्य प्रदान गरेको छ। जसमध्ये मस्तिष्किय गुणको कारण मानिस अलिक शक्तिशालि छ। मानवले सम्बद्द गतिविधि माथि शक्ति प्रदर्शन गर्दा नीजको निर्देशको मनसाय बमोजिम गन्तब्य उन्मुख हुन्छ। मानव निर्देशक भनेको मानव मस्तिष्क हो। त्यहि मष्तिष्कको कारण आज विश्व समाज गहिरो भिन्नतामा दौडिरहेको छ। सोमालियादेखि चीन, अमेरिका जस्ता देशको तागततर्फ दिष्टिगत गरौ, के त्यहाँ मानव मस्तिष्कको भुमिका प्रमुख छैन भन्ने यथेष्ट प्रमाण छ र ? के ति देशलाई प्रकृतिले नै भौगोलिक चिनारि वाहेक अन्य स्वरुपमा भेदभाव गरेको हो र ?

    वर्तमान विश्व मानचित्र तथा अवस्थामा जनता, राजनीतिक पात्र, न्यायपालिका, कानून र मिडियाको योगदान मुल्यवान छ। जुन देशले यी शक्तिको प्रयोगमा प्रभावकारिता ल्यायो त्यहि देशले नै अन्य देशको मस्तिष्क बन्ने अभिलासा अधिक पालेको हुन्छ। ति देशले विभिन्न वाहानामा अन्य देशको मातिष्कमा घुस्ने प्रयत्न गर्छन। जुन दृश्य अहिले बादल रहित छ। जसले जनता, राजनीतिक पात्र, न्यायपालिका, कानून र मिडियालाई प्रमुख हतियारको रुपमा अभ्यास गर्छन।



    विश्व राजनीतिक वातावरणमा अहिले मुख्यतयः छ वटा कुराहरूको भुमिका तथा वर्चस्व अधिक छ। पहिलो जनता, जनता जनार्दन भन्ने भाव र निधिपति तथा प्रतिनिधिको अवधारणाको स्वरूपमा यो उर्जाको प्रयोग भइरहेको छ। जनता राजनीतिक गतिविधिको कोख हो। दोस्रो राजनीतिक पात्र, देशको राजनीतिक भविष्य कस्तो हुने भन्ने कुरा राजनितीक पात्रमा भर पर्छ। किनकि नदिको तरङ्ग पानीको मुहानमा भर पर्छ। राजनीतिक पात्र देशको मार्गदर्शक हो। जसले प्रचलित व्यवस्थालाई स्विकार र आवश्यक परेमा कार्यान्वयनको मैदानमा अवतरण गराउँछ। के मलजल बिना वोटविरुवा बाच्न सक्छ र ? तेस्रो पक्ष भनेको न्यायापालिका, राज्यमा अभ्यासरत प्रक्रियालाई सहिमार्गमा हिडाउन जिम्मेवारी लिएको हुन्छ न्यायपालिकाले। राजनीतिक उदेश्य पूरा गर्नको लागि अपनाइने गतिविधि विधि संगत छ कि छैन भनेर परिक्षण गर्ने काम न्यायापालिकाको हो। न्यायपालिकाले वस्तुनिष्ठ सुहाउँदो न्याय दिने सन्दर्भमा आफ्नो पाइलालाई सदैब अग्रपङ्तिमा राख्ने गर्छ। चौथो शक्ति हो कानून। विश्व समुदाय कानूनी संरचना र कार्य अनुकूल चलिरहेको छ। कानुनी, नितिगत र संस्थागत हतियार मार्फत आफ्नो गन्तव्यलाई मजबुत र परिवर्तनमुखि बनाउने गरिन्छ। कानुन परिधि हो। के हावा बिना भकुण्डो भकुण्डो रहन सक्छ र ? वर्तमान विश्व समाजमा उथलपुथल ल्याउन पुलको भुमिकामा रहेको पाँचौ पक्ष मिडिया तथा सञ्चार माध्यम हो। हरेक गतिविधिलाई एउटै ठाउँबाट हेर्न मिल्ने वातावरण तयकर्ता हो मिडिया। यसले संसारलाई संकुचित बनाएको छ। जसको उपलब्धि आज विश्व समुदाय एउटा साझ चौतारीको रुपमा स्थापित भएको छ। छैठौ तत्च भनेको भूवनौट हो। राजनीतिक कायापलटमा यसको पनि निर्णायक कार्यभार रहन्छ ।



    आज विश्वले पृथ्वीमा कानुनी नीतिगत र संथागत माध्यमको सहायतामा शक्ति प्रदर्शन गरिरहेको छ। जुन कार्यले अन्तरिक्षसम्म स्थान पायो। यो युग यस्तो वनिसकेको छ कि जहाँ पृथ्वीमा मात्रै होइन अन्तरिक्षमा शक्ति प्रदर्शन भइरहेको छ। जहाँ हिटलरि मनसाय पनि उदाउँदै छ। इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्वले पनि सोही बिषय पुष्टि गर्छ। म्यानमारको सैनिक कु, अमेरिका, चीन, बेलायत, जापानलगातका देशहरूको अन्य देशहरू प्रतिको सहयोगी भाव, रुसि राष्ट्रपति भलादमिर पुटिनको सत्ता मोह, ट्रम्पको संसदमाथिको हमला यी सबै घटनामा शक्ति प्रदर्शनकै विशेषता झल्किन्छ। फरक यति मात्र हो केही देशले पृथ्वीदेखि अन्तरिक्षको मैदान अङ्गिकार गरेका छन भने केही राष्ट्रले आफ्नो धरातल समेत छोड्न सकेका छैन।

    बहुलवादमा आधारित बहुदलीय प्रतिष्पर्धात्मक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली लाई शासकीय स्वरूपमा स्विकार गरेको छ नेपालले। नेपाल कानूनी संरचनामा निकै बलियो छ। तर कानूनी, राजनीति र नैतिकता दायित्व बमोजिम त्यसको नीतिगत, संस्थागतका साथै व्यबहारिक अभ्यासमामा फुल बिनाको भमरा जस्तै भएको छ।

    नेपालको वर्तमान राजनीतिक अवस्थामा नयाँ मोड आएको छ। व्यक्तिगत स्वार्थ पुर्ति गर्नको लागि पुरै सिस्टमलाई नै ध्वस्त पारिदै छ। पछिल्लो समयमा नेपाली राजनीतिक बजारमा पछिल्लो राजनीतिक पात्रको कदम विरुद्धको आवाज चर्को रुपमा उठेको छ। नेपाल एक लोकतान्त्रिक मुलुक हो। त्यति मात्रै होइन कानूनी सर्वोच्चता तथा कानुनी राज्यको अवधारणा उपर प्रभावकारी अभ्यास गर्ने सङ्कल्प बोकेको राष्ट्र हो। तर, बिडम्वनाका साथ भन्नू पर्छ पछिल्लो राजनीतिक घटनाले देशलाई ठूलो ठेस लागेको छ। जहाँ संविधान बमोजिम शासन सत्तामा पुगेको नेतृत्व आज त्यही संविधान विरुद्ध खडा भएको छ। यस्तो हदसम्म संविधानलाई कुल्चिनु भनेको अक्सिजन बेगर मानिस बाच्न सक्छ भन्दै वकालत गरे सरह हो। देशले त्यस्तो चाहेको छ जहाँ देशले समृद्धिको काचुलि लगाओस, विश्व शक्ति सामु सकारात्मक युद्धको मैदानमा खडा हुन योग्य होस, द्वन्द्वमा नभई शान्तिमा विश्वास गर्ने राष्ट्रको पहिचान मिलोस्। तर, हाम्रो देशको राजनीतिक नेतृत्वमा व्यक्तिवाद हावि भयो। जुन मनसायले समग्र देशलाई रोगी बनाउँदै छ। घरमुलिको जिम्मेवारीमा रहन योग्य नभएपछि पुरै घरको जगनै भत्काइदिने प्रवृत्ति हावि भयो। जसले राजनीतिक अभ्यासमा प्रश्न चिन्ह जन्मायो।

    स्वस्थ राजनीतिक वातावरणमा, राजनीतिक दल शासन सत्तामा पुगिसके पछि कस्तो चरित्र देखाउछ त ः राजनितीक चरित्र देखाउछ कि सत्ताको पछाडि बेसरी दौडन्छ भन्ने कुरा बलियोसँग उठ्ने गर्दछ। वास्तविक राजनीति हुनलाई सत्तामा गइसकेपछि पनि राजनीतिक गुण प्रस्तुत गर्नु पर्छ। पछिल्लो घटनालगायतका अन्य व्यबहार उपर दृष्टिगत गर्दा के यो वास्तवमै राजनीति हो त ? सत्ता जोगाउन संसद अपहरणदेखि अध्यायदेश हुँदै संसद विघटनसम्मको कदमले के कुरा पुष्टि गर्छ भने हाम्रो नेतृत्व आफ्नो मस्तिष्कको पकडमा छैन। आफ्नो मस्तिष्कमा बाह्य शक्तिको नियन्त्रणलाई ठूलो हिस्सा दिएको छ। संकुचित तथा व्यक्तिगत स्वार्थ पूरा गर्नको लागि जस्तोसुकै कदम चाल्ने साहास भयको नेतृत्व छ हामिसँग। जसको कारण परिवर्तन धरापमा छ। शिशुको भविष्य कस्तो हुने भन्ने कुरा त नीजप्रति गरिने स्याहारसुसारमा भर पर्छ होला नि।

    वर्तमान राजनीतिक कदमले विधिको मुटुलाई टुक्रा–टुक्रा पार्दै छ। विधिको मस्तिष्कमाथि दोषपूर्ण पहुँच विस्तारको बाटो रोजेको छ। यसले कानूनी संरचना र कार्यमाथि आँच पुर्याउछ र त्यसको प्रतिफल आफुतिर पनि फर्किन सक्छ भन्ने कुरा किन नसोचेको महोदय कि सोच्न मात्रै हो। राजनीतिमा दुरदर्शिता निकै आवश्यक हुन्छ। हाम्रो राजनीतिक वातावरणमा आफ्नो शरिरको भैंसी नदेख्ने तर अरुको शरिरको जुम्रा देख्ने प्रवृत्ति हावी भएको छ । राष्ट्रयता, स्वाधीनता, सार्वभौमसत्तामा ख्याल नगरि गरिने निर्णय घातक हुन्छ। राष्ट्रवाद भनेको राष्ट्रवादको आकर्षक गित गाउँदै र नाच्दै भक्तिगान गर्नु होइन, राज्यलाई आवश्यक परेका बेला सुहाउँदो, बिधिसंगत, प्रचलित व्यबस्थाको उद्देश्यलाई सम्बोधन गर्ने कदम चाल्नु राष्ट्रवाद हो। कोभिड १९ को कारण देश राजनीतिक, आर्थिक र सामाजिक रुपमा संकटमा छ। यस्तो वेला जनताको स्वास्थप्रति संवेदनशील हुँदै देशको अवस्था सुधारमा ध्यान दिनु र व्यवहारिक अभ्यास गर्नु राष्ट्रवाद हो।

    व्यक्तिगत मोह पूरा गर्न संसद विघटन गर्नु त्यो पनि बिधिलाई मिचेर, के यो राष्ट्रवाद हो र ? यसलाई राष्ट्रवाद ठान्ने प्रवृत्ति हाम्रो देशको सबैभन्दा ठूलो बाधक हो। त्यसलाई समयमै ठेगान लगाउनु पर्छ नत्र भने रोगले जिर्ण मानव शरीर जस्तै देशको अवस्था हुने कुरामा दुई मत छ र ?

    नेपालको राजनीति तेल रहित तरकारी सरह जस्तो भएको छ । राजनीतिक पात्रहरू यतिबेलादेशलाई अन्धकारमा धकेल्न मतियार भएका छन्, त्यो पनि उमङ्गकासाथ। लामखुट्टे प्रवृत्तिको हाविको उपलब्धि हो वर्तमान राजनीतिक घटना। अब यसको औषधि भनेको जन आवाज नै हो। अब जनता सचेत हुन आवश्यक छ। देश विरोधी कार्यको मतियारसँग सति जानु हुँदैन। राजनीतिक पात्रहरूको हरेको कार्यमा खवरदारिको आवाजलाई सशक्त बनाउनु पर्छ।

    एकताको शक्तिलाई परास्त गर्ने अर्को कुनै पनि शक्ति छैन भन्ने आशयलाई आत्मसात गर्दै जागरुक हुनुपर्छ। अब पनि निन्द्रामा परियो भने ब्युझँदा अँध्यारो खाडलमा हुने सम्भावना प्रचुर छ। त्यसैले संविधान विरुद्धका गतिविधि विरुद्ध लड्न तयार हुनुपर्छ। निरङ्कुश राणा शासन, स्वेच्छाचारी राजतन्त्रात्मक शासन विरुद्ध लडि शासकलाई घुँडा टेकाउने शक्तिको पहिचानले सम्बोधित हुने जनता अहिले झनै सशक्त भएका छन् भन्ने कुरा पुष्टि गर्ने बेला आएको छ। केहि दुष्ट आत्माले भरिपूर्ण राजनीतिक पात्रले गर्दा देशमा अशान्ति आउन दिनु हुँदैन। विधिको शासन मर्न दिनु हुँदैन। यस्तो राजनीतिक संस्कारलाई परास्त गर्न कमिलामा हुने सहकार्य सरहको एकता नै आजको आवश्यकता हो। राजनीतिक घटनामा जन शक्तिको निर्णायकत्च सर्वोच्व हुन्छ।
    (लेखक काठमाडौं स्कुल अफ लमा बि.ए.एल.एल.बि. प्रथम बर्षमा अध्ययनरत हुनुहुन्छ ।)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार