Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अमेरिकालाई धन्यवाद दिँदै नेतान्याहूले भने – इरानलाई आणविक हतियार बनाउनबाट रोक्ने छौ

    अमेरिकालाई धन्यवाद दिँदै नेतान्याहूले भने – इरानलाई आणविक हतियार बनाउनबाट रोक्ने छौ

    अनलाइन नेपाल
  • सोमबार, १० जेष्ठ २०७८
  • 2.4K
    SHARES

    एजेन्सी। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जासूस एजेन्सी मोसादको नयाँ प्रमुखको घोषणा गर्दै ट्वीटमा इरानलाई निशाना बनाएका छन् ।

    मोसादको जिम्मेवारी संगठनका उप प्रमुख ५६ वर्षीय डेभिड बार्नियालाई दिइएको छ,  जसले योसी कोहेनको ठाउँ लिनेछन्।



    नेतन्याहूले यो घोषणा मोसादका अधिकारीहरुलाई वार्षिक कार्यक्रममा  पुरस्कार दिएर गरेका थिए।



    साथै, उनले भने , ‘बार्नियाको सबैभन्दा ठूलो काम ‘इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु हो।’

    नेतान्याहूले आफ्नो  ट्विटर ह्यान्डलको साथ ट्वीट गर्दै भने, ‘इजरायलको राष्ट्रले इरानलाई आणविक हतियार प्राप्त गर्न रोक्नेछ। जे भए पनि, सम्झौता होस् वा नहोस्, हामी इरानलाई आणविक हतियारहरू लिनबाट रोक्नेछौं किनकि यो हाम्रो अस्तित्वको प्रश्न हो। यो हाम्रो पहिलो मिशन हो।’

    यसका साथ नेतान्याहूले अमेरिकालाई धन्यवाद दिँदै उसलाई विशेष मित्रको रूपमा वर्णन गरे ।  अमेरिकालाई  राष्ट्रिय सुरक्षाको सहयोगीका रूपमा नेतान्याहूले वर्णन गरे।-बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार