Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सीसीएमसीका अध्यक्षलाई एक्सनमा उत्रिन प्रधानमन्त्रीको निर्देशन, खोप पहिलो प्राथमिकता

    सीसीएमसीका अध्यक्षलाई एक्सनमा उत्रिन प्रधानमन्त्रीको निर्देशन, खोप पहिलो प्राथमिकता

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको कोभिड–१९ निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ । उक्त बैठकले कोरोनाविरुद्धको खोप आयात पहिलो प्राथमिकता भएको निक्र्यौल गरेको छ ।

    बैठकमा समितिको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपको आयात पहिलो प्राथमिकता भएको बताएका हुन् । प्रधानमन्त्री ओली कुनै अलमल नगरी खोप ल्याउनुपर्नेमा जोड दिएको प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।



    बनमन्त्री प्रेम आलेले चीनबाट आएको अक्सिजन सिलण्डर आफूले किनेको भन्दै विल नै सावजनिक गरी अफ्नै फोटो टाँटेर वितरण गरेका बेला प्रधानमन्त्री ओलीले भने अन्तर्राष्ट्रिय सहयोग स्वरुप आएका स्वास्थ्य सामग्रीहरुलाई समानुपातिक र यथोचित रुपमा वितरण गर्न निर्देशन दिएका छन् ।



    सचिव बरालका अनुसार प्रधानमन्त्री ओलीले बालानन्द शर्मा नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन समितिलाई एक्सनमा उत्रिन निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार