Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आँफैले ‘घातक’ भनेका पुटिनसँग १६ जुनमा भेटघाट गर्दै बाइडेन, जेनेभामा यसरी हुँदै छ बैठक

    आँफैले ‘घातक’ भनेका पुटिनसँग १६ जुनमा भेटघाट गर्दै बाइडेन, जेनेभामा यसरी हुँदै छ बैठक

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी। विश्वका दुई शक्तिशाली मुुलुक अमेरिका र रुसबीच लामो समयदेखि राम्रो सम्बन्ध छैन।

    तर, अमेरिकाको राष्ट्रपति बनेपछि जो बाइडेनले पहिलोपटक रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्दैछन् ।



    यो कुरालाई पुष्टि गर्दै ह्वाइट हाउसले दुई नेताहरु जेनेभामा १६ जुनमा भेट हुने जनाएको छ ।



    अमेरिका र रसियाको सम्बन्ध आजकल राम्रो चलेको छैन ।  बाइडेन र पुटिनले पनि एक अर्कामा धेरै पटक व्यक्तिगत टिप्पणी गरेका छन।

    एबीसी न्यूजसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले भनेका थिए , पुटिनले २०२० को अमेरिकी चुनावमा कथित गडबडीहरूको लागि ‘मूल्य तिर्नुपर्नेछ’।

    बिडेनले एक साक्षात्कारमा पुटिनलाई ‘घातक’ भनेका थिए ।

    यसको जवाफमा, पुटिनले बाइडेनलाई रूसी टिभीमा लाइभ कार्यक्रममा कुरा गर्न चुनौती दिएका थिए।

    बाइडेन र पुटिनको भेटहरू धेरै पटक अनुमान मात्रगरिएको थियो।

    मंगलबार, ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भने, ‘१६ जुनमा हुने बैठकमा सबै मुद्दाहरूमा छलफल हुनेछ। र ती मुद्दाहरू के हुन्, सबैलाई यो थाहा छ। हामी रूस र अमेरिकाबीचको सम्बन्ध सुधार्न चाहन्छौं र हामी विश्वव्यापी विषयमा सहयोग गर्दछौं।’

    बाइडनले पदभार सम्हालेपछि पहिलोपटक पुटिनसँग फोनवार्ता गरेका थिए ।

    अमेरिकी निर्वाचनका क्रममा रुसले दख्खल दिएकोलगायतका विषयमा छलफल गर्न बाइडेनले पुटिनलाई फोन गरेको ह्वाइटहाउसले जनाएको थियो। चुनाव जितेकामा पुटिनले बाइडेनलाई बधाई दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार