Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वीरगञ्जमा प्रहरीको आतंक, स्वास्थ्यकर्मीलाई यसरी पिटे डिएसपीले

पर्सा । नेपाल प्रहरीको ‘प्रहरी मेरो साथी’ ‘समूदाय प्रहरी साझेदारी’ जस्ता अभियानमाथि नै प्रश्न उठ्न थालेका छन् । प्रहरीहरुले नै गरेको व्यवहारका कारण उक्त अभियानमाथि नै प्रश्न उठ्न थालेको हो ।

पर्साको वीरगञ्जमा मेडिकलका कर्मचारीलाई प्रहरी अधिकृतले नै कुटेपछि प्रहरीको अभियानमाथि नै प्रश्न उठेको हो । नेपाल प्रहरीका डिएसपीले नै वीरगञ्ज महानगरपालिका–८ स्थित प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई कुटेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रह्लाद कार्कीले प्रहरीको भिडियो खिचेको भन्दै लछारपछार पारेका हुन् ।

डिएसपी कार्कीले महमदलाई कुटेको भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । भिडियोमा डिएसपी कार्कीले लाती र लौराले कुटेको प्रष्ट देखिन्छ । डिएसपी कार्कीले कुट्नेमात्र होइन मोवाईल पनि लिएर गएको पीडितले जनाएका छन् ।

मेडिकलका कर्मचारीले प्रहरीमाथि हातपात भएको भिडियो बनाएका थिए । वीरगञ्जका एसपी बेलबहादुर पाण्डेले पनि डिएसपीले महमदलाई पिटेको स्वीकारिसकेका छन् ।

तर, एसपी पाण्डेले भने मेडिकलका कर्मचारीले प्रहरीमाथि हातपात गरेर भिडियो बनाएको हुँदा कुटपिट गरिएको भन्दै पत्रकारहरुलाई गैरजिम्मेवार जवाफ दिने गरेका छन्।

घटनाको छानविन गरेर दोशीलाई कारवाही गर्न एसपी पाण्डेले चासो नदेखाएको एक प्रहरी अधिकारीले वताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077