Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • राष्ट्रपति र प्रधानमन्त्रीले लोकतन्त्रमाथि खतरा उत्पन्न गराएको देउवाको आरोप

    राष्ट्रपति र प्रधानमन्त्रीले लोकतन्त्रमाथि खतरा उत्पन्न गराएको देउवाको आरोप

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको आरोप लगाएका छन् ।

    आज प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रपति भण्डारीले पनि संविधानको उल्‍लंघन गरेको आरोप लगाएका हुन् ।



    राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेपछि बहुमत भन्दा बढी सांसदहरूको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय गएको तर राष्ट्रपति भण्डारीबाट संविधानअनुसार काम नभएको देउवाको भनाइ छ ।



    सभापति देउवाले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीका लागि आह्वान भएपछि आफूहरू बहुमत सांसदको हस्ताक्षर लगेर गएको तर राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै आक्रोश व्यक्त गर्दै भने कसको बहुमत छ भन्ने हेर्नका लागि सांसदहरूको लाइन लगाएको भए हुन्थ्यो मध्यरातमा प्रधानमन्त्रीले भनेअनुसार राष्ट्रपतिले संविधानको उल्‍लंघन गर्नुभयो ।

    प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले लोकतन्त्रमाथि खतरा उत्पन्न गरेको भन्दै देउवाले वर्तमान व्यवस्थामाथि पनि उनीहरूबाट हस्तक्षेप भएको भन्दै त्यसका विरुद्धमा एकजुट हुन सबैमा आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार