Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकाबाट ३६ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री बोकेर जहाज काठमाडौँ आउदै

    अमेरिकाबाट ३६ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री बोकेर जहाज काठमाडौँ आउदै

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । संयुक्तराज्य अमेरिकास्थित अन्तर्राष्ट्रिय सहयोग संस्था डाइरेक्ट रिलिफले नेपालका लागि पठाएको सहयोग सामग्री आज काठमाडौँ आइपुग्ने भएको छ ।

    डाइरेक्ट रिलिफले अहिले ३.०९ मिलियन डलर (३६ करोड रुपैयाँ) बराबरको सहयोग सामग्री पठाएको आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।



    अमेरिकाको शिकागोबाट उडेको जहाजमा ८६० अक्सिजन कन्सन्ट्रेटर छन् । साथमा १ भेन्टिलेटर, कोभिड १९ को उपचारका प्रयोग गरिने अत्यावश्यक औषधिहरु तथा पीपीइ किट, मास्क लगायतका अन्यस्वास्थ्य सम्बन्धी उपकरणहरु छन् ।



    पठाइएका सामग्रीहरुलाई थ्रिएम, एबभाइ, ब्याक्सटर, बीडी, हिक्मा फार्मास्युटिकल्स, फाइजर, टाकेडा फार्मास्युटिकल्स, टेभा फार्मास्युटिकल्स, टिफी ह्युमानिटेरियन, भियाट्रिस लगायतका कम्पनीहरुले सहयोग गरेको डाइरेक्ट रिलिफले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार