Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अग्रपंक्तिमा खटिने प्रहरीहरुद्वारा दोस्रो डोज खोप लगाउन सुरु (फोटोसहित)

    अग्रपंक्तिमा खटिने प्रहरीहरुद्वारा दोस्रो डोज खोप लगाउन सुरु (फोटोसहित)

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ। कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीहरुलाई दोस्रो डोज खोप लगाउने व्यवस्था गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयको विशेष पहलमा अत्यन्त जोखिमपूर्ण रुपमा ड्युटीमा खटिने प्रहरीहरुलाई खोप न्यून भइरहेको अवस्थालाई मध्यनजर गर्दै सीमित कोभिसिल्ड खोप निकासा गरेर स्वास्थ्य मापदण्ड पूर्ण पालनाका साथ आलोपालो रुपमा बुधबार, बिहीबार र शुक्रबार खोप लगाउने व्यवस्था गरिएको बताइएको छ।



    प्रहरी प्रधानकार्यालयका अनुसार महानगरीय सशस्त्र प्रहरी गण नं. २ महाराजगंजमा बुधबार र बिहीबार गरेर प्रहरी प्रधान कार्यालय तथा अन्तर्गतमा कार्यरत जम्मा १ हजार ३ सय ११ जनालाई खोप लगाइएको छ ।



    यसैगरी, महानगरीय ट्राफिक प्रहरी महाशाखामा ४ सय ३४ जना, महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहत वृत्तहरु समेतमा १ हजार ४८ जना, महानगरीय प्रहरी परिसर ललितपुरमा २ सय ५० जना र महानगरीय प्रहरी परिसर भक्तपुरमा ३ सय ५० जनालाई कोभिसिल्ड दोस्रो डोज खोप लगाइएको छ । हालसम्म ३७ हजार ९ सय ६१ जनाले पहिलो चरणमा र २४ हजार १ सय ६० जनाले दोस्रो चरणमा खोप लगाको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार