Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सीसीएमसीको सदस्यमा नेपाल प्रहरी र सशस्त्रका एआईजी थपिए , उपप्रधानमन्त्रीले भन्दा राम्रो काम गर्ने अपेक्षा

    सीसीएमसीको सदस्यमा नेपाल प्रहरी र सशस्त्रका एआईजी थपिए , उपप्रधानमन्त्रीले भन्दा राम्रो काम गर्ने अपेक्षा

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 5.1K
    SHARES

    काठमाडौँ। गत सोमबारको मन्त्रिपरिषद् बैठकद्वारा पुनर्गठित कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आफ्नो काम सुरु गरेको छ ।

    पूर्वरथी बालानन्द शर्मा रहेको समितिले विगतमा भन्दा राम्रो काम गर्ने अपेक्षा गरिएको छ ।



    यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकतवमा रहेको निर्देशक समिति पुनर्गठन गरी सीसीएमसीको प्रमुखमा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको थियो।



    भ्रष्टाचारमा सँलग्न भइ उपप्रधानमन्त्री पोखरेलले काम गर्न नसकेका कारण उनलाई सीसीएमसीबाट हटाइएको थियो।

    पुनर्गठित निर्देशक समिति र केन्द्रका पदाधिकारी सम्मिलित बैठकका अनुसार खोप आयात, युनिफाइड केन्द्रीय अस्पताल सञ्चालन, स्वास्थ्य सामग्री खरिदसँगै एकीकृत उपचार प्रणालीमा केन्द्रित हुने र खोप सहजीकरण गरेर कार्यान्वयनमा सघाउन मुख्य भूमिका हुने वताइएको छ।

    पुनर्गठित सिसिएमसीमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, नेपाली सेनाका उपरथी अनन्त कार्की, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय (एआईजी) क्रमशः विश्वराज पोखरेल, रामशरण पौडेल,गृह मन्त्रालयका सहसचिव नुरहरि खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव कृष्णहरि पुष्कर कर्ण सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार