Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सेलपेको नयाँ योजना ‘मेरो वालेट, सेलपे वालेट’ शुरु

    सेलपेको नयाँ योजना ‘मेरो वालेट, सेलपे वालेट’ शुरु

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 3.3K
    SHARES

    काठमाडौं । सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने भएको छ । नेपाल राष्ट्र  बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकहरुको माग बमोजिम सेलपेलाई वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तार गरेको आज एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।

    सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि संचालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक हो । नेपाल राष्ट्र बैंकबाट वालेट अनुमति प्राप्त गरेसँगै अब सेलपेका ग्राहकहरुले बैंक लिंक मार्फत वा वालेट लोड गरि कारोबार गर्न सक्नेछन् ।



    यसै उपलक्ष्यमा सेलपेले आफ्नो नया यूआई पनि सार्वजनिक गरेको छ, जसमा ग्राहकहरुलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लागि विभिन्न प्रयोगहरु गरिएको छ । जसले गर्दा जो कोहि ग्राहकहरुले बिना झन्झट सरल रुपमा कारोबार गर्न सक्नेछन् । साथै सेलपे कार्ड सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नु हुनेछ ।



    यसै उपलक्ष्यमा सेलपे सेवाले ग्राहकहरुका लागि ‘मेरो वालेट सेलपे वालेट’ योजना सुरु गरेको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले मोवाईल टपअप र टिभी महशुल भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, इण्टरनेटको महशुलमा १.५ प्रतिशत क्यासब्याक, नेपाल टेलिकमको डाटा प्याकको १ घण्टा अनलिमिटेड मात्र रु. ११ मा, एनसेल डाटा प्याकको १ दिन अनलिमिटेट मात्र रु. २१ मा, साथै वालेट लोड गर्दा लक्की ड्रमार्फत सामसुङ एस२१ अल्ट्रा जित्न सक्ने मौका पनि पाउन सक्ने पनि कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार उक्त योजना जेष्ठ १३ गते देखि असार १२ सम्म एक महिनाका लागि लागु हुनेछ ।

    सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरुमा बास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित तथा बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिनेलगायत रहेका छन् ।

    सेलपेबाट विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, एद्दए, एद्दद्य, द्यद्दए, द्यद्दद्य आदि वास्तविक समयमा गर्न सकिने पनि कम्पनीले जनाएको छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुने र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने विज्ञप्तिमा उल्लेख छ । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार