Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • यात्रुहरु ठगिने क्रम नरोकिएपछि चीन, कतार र टर्की उडान खुला गर्ने निर्णय

    यात्रुहरु ठगिने क्रम नरोकिएपछि चीन, कतार र टर्की उडान खुला गर्ने निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले  चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ ।

    जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।



    मन्त्रिपरिषदको बैठकमा चार्टर उडानमा एयरलाइन्स र एजेन्टको मिलेमतोमा यात्रु ठगिएको बिषयमा छलफल भएको स्रोतले वतायो।



    यात्रुहरु ठगिने क्रम नरोकिएपछि ३ वटै देशमा सातामा एउटा उडानका लागि खुला गरिएको हो ।

    सरकारले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएपछि वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकमा अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।

    सरकारले भारतीय यात्रुलाई साउदी अरब पुर्‍याउन नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सलाई चार्टर उडान अनुमति दिएको थियो ।

    तर, यात्रुहरु ठगिने क्रम नरोकिएपछि नियमित उडान खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। अहिले कुटनीतिक नियोगको पत्रका आधारमा कतार र टर्किस एयरलायन्सले चार्टर उडान अनुमति पाइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार