Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गर्मी शुरुसँगै चिनियाँ र भारतीय सेनाद्वारा लद्दाखमा पुनः गस्ती , नयाँ द्वन्द्व शुरु हुन सक्ने खतरा

    गर्मी शुरुसँगै चिनियाँ र भारतीय सेनाद्वारा लद्दाखमा पुनः गस्ती , नयाँ द्वन्द्व शुरु हुन सक्ने खतरा

    अनलाइन नेपाल
  • बिहिबार, १३ जेष्ठ २०७८
  • 4.2K
    SHARES

    तस्बिर एएफपी

    एजेन्सी। गर्मी शुरु हुनासाथ चीन र भारतीय सेना (दुबै पक्षले) लद्दाख सीमामा  गस्ती पुनः सुरु गरेका छन् ।

    गत वर्ष जुन महिनामा पूर्वी लद्दाखको गलवान उपत्यकामा भारतीय सेना र चिनियाँ सेनाबीच भीडन्त हुँदा  भारतका २० सैनिक मारिएका थिए । चीनले आफ्ना सैनिकको मृत्‍युबारे अस्विकार  गरे पनि केही महिनापछि उसका पाँच सैनिक अफिसर र अन्य सिपाही मारिएको स्वीकारेको थियो ।



    हिमालयको उचाइमा हिउँ पग्लने क्रममा भारत र चीनको सीमाको किनारमा  तातो मौसमले नयाँ द्वन्द्व निम्त्याउन सक्ने  विश्लेषकहरू र सैनिक अधिकारीहरूले चेतावनी दिएका छन् ।
    गत वर्षदेखि पश्चिममा भारतको लद्दाख र पूर्वमा अरुणाचल प्रदेशको बीचमा रहेको वास्तविक नियन्त्रण रेखा (एलएसी)  मा हजारौं भारतीय सेनाहरू तैनाथ भएका थिए । जुन चीनको सिन्जियांग, तिब्बत र अक्साईको सिमानामा रहेको छ।
    साउथ चाइना मर्निङ पोस्टका अनुसार दुबै पक्षले हिमनदीय पेङगोङ तालको किनारबाट सेना र तोपखान हटाएका थिए ।



    यद्यपि भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले सीएनएन न्यूज १८ लाई यस यस महिनाको सुरुमा  भनेका थिए , ‘त्यहाँ विच्छेदन भएको थियो तर कुनै डे-एस्केलेसन छैन।’ नरवणेले ५० देखी ६० हजार भारतीय सेना एलएसीमा तैनाथरहेको वताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार