Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भेरी अस्पताल घटना प्रकरण

    स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय

    स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृह मन्त्रालय

    स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका सीडीओलाई निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 2.8K
    SHARES

    काठमाडौँ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने बताएको छ।

    आज दिउँसो एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता जनकराज दाहालले भनेका छन्, ‘स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही हुन्छ।’



    ‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो,’ विज्ञप्तिमा भनिएको छ।



    बिहीबार बेलुकी बाँकेको भेरी अस्पतलमा आफन्तको मृत्युपछि डाक्टर र नर्समाथि ४/५ जनाको समूहले कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए । उनीहरूले आइसियू कक्षमै डाक्टर र नर्समाथि आक्रमण गरेका थिए ।

    प्रहरीका अनुसार उक्त घटनामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतलगायत ३ जना संलग्न रहेका छन्। रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो।

    यस्तै, मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार