Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ५३ लाख ८० हजार हुण्डीको रकमसहित दुई जना पक्राउ

    ५३ लाख ८० हजार हुण्डीको रकमसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा बारा प्रसौनी गाउँपालिका-६ बस्ने २६ वर्षीय शिव आनन्द गुप्ता र पर्सा वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने १९ वर्षीय प्रकाश जैसवाल रहेका छन् ।



    वीरगंज महानगरपालिका-८ बीपिसी क्याम्पस छेउमा २ जनाले हुण्डी गरिरहेको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले नगद ५३ लाख ८० हजार रुपैयाँ दुई जनालाई पक्राउ गरेको हो ।



    उनीहरु उपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार