Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • देउवाको आरोप – राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार गणतन्त्र सुहाउँदो भएन

    देउवाको आरोप – राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार गणतन्त्र सुहाउँदो भएन

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार गणतन्त्र सुहाउँदो नभएको आरोप लगाएका छन् ।

    गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै देउवाले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताए ।



    ‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौँ । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने सङ्कल्प गर्न म समस्त नेपालीमा अपिल गर्दछु’ देउवाले भने ।



    लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञातअज्ञात सबै वीर सहिदप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दै देउवाले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास गरेर देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्ने बताए ।

    सभापति देउवाले कोरोनाको महामारीका कारण देशले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको अवस्थामा नागरिकको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार