Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बन्ने भयो तीनकुने–जडीबुटीमा सुरुङमार्ग, १ अर्ब ८० करोड विनियोजन

    बन्ने भयो तीनकुने–जडीबुटीमा सुरुङमार्ग, १ अर्ब ८० करोड विनियोजन

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । राजधानीको सबैभन्दा बढि जाम हुने कोटेश्वरमा सरकारले तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ। कोटेश्वरमा सुरूङ मार्ग बनाउन अर्थमन्त्री विष्णु पौडेलले १ अर्ब ८० करोड बजेट छुट्टाएको जानकारी दिएका छन्

    यस्तै सरकारले आर्थिक वर्ष २०७८/७९ मा चक्रपथमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ। सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८/७९ फ्लाइओभर बनाइने मन्त्री पौडेलले जानकारी दिए ।



    यस्तै, २ वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न २ अर्ब ६४ करोड बजेट, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालनमा ल्याउन ९ अर्ब ८५ करोड बजेट गरेको अर्थमन्त्री पौडेलले बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार