Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • यस्तो छ अध्यादेशमार्फत ल्याइएको १६ खर्ब ४७ अर्ब ५७ करोडको पपुलिष्ट बजेट (पूर्णपाठ सहित)

    यस्तो छ अध्यादेशमार्फत ल्याइएको १६ खर्ब ४७ अर्ब ५७ करोडको पपुलिष्ट बजेट (पूर्णपाठ सहित)

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। जसअनुसार संघको लुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो।

    त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो कुल बजेटको २२.७ प्रतिशत हो। वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ अर्थात १२।६ प्रतिशत विनियोजन गरिएको पौडेलले बताए।



    त्यस्तै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकम ३ खर्ब ८६ अर्ब ७१ करोड अर्थात २३.५ प्रतिशत रहेको छ। विनियोजन गर्ने खर्च रकममध्ये राजश्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड जुटाइने पौडेलले बताए। नपुग ५ खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिइने छ। जसअनुसार ३ खर्ब ९ अर्ब वैदेशिक ऋण र २ खर्ब ५० अर्ब आन्तरिकबाट उठाइने उनले बताए।



    प्रतिनिधि सभा विघटन भएकाले अर्थमन्त्री पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट बजेट भाषण गरेका थिए। प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।

    गत वर्ष सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो। गत बर्ष भन्दा यो वर्ष बजेटको आकार बढेको छ।

    यस्ता छन् बजेटका लोकप्रिय बुँदा

    १. ज्येष्ठ नागरिक भत्ता बृद्धि – मासिक ४ हजार रुपैयाँ

    २. आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने

    ३. विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र सिम कार्ड निःशुल्क दिने

    ४. सरकारी कर्मचारीको तलव २ हजार बृद्धि

    ५. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने, ब्याजदर ५ प्रतिशत

    ६. लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिन बजेट विनियोजन

    ७. तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने

    ८. निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

    ९. ३ वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका लागि काम सुरु गरिने

    १०. निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट

    ११. विवादित गरिबी निवारण कोष खारेज

    १२. स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा

    १३. निषेधाज्ञामा २० यूनिटसम्म विजुली खपत गर्नेलाई शत प्रतिशत छुट

    १४. कोटेश्वरको जाम कम गर्न जडिबुटी–तीनकुने सुरुङमार्गलाई बजेट विनियोजन

    १५. विमानस्थल पूर्वाधार बनाउन २० अर्ब ३१ करोड विनियोजन

    १६. कोरोनाभाइरस महामारीको घातक दोस्रो लहर बेहोरिरहेको समयमा स्वास्थ्य मन्त्रालयका क्षेत्रका निम्ति एक खर्ब २२ अर्ब विनियोजन

    १७. मदिरा, चुरोट, वाइन र हल्का पेय पदार्थमा कर बढाइयो

    १८. विद्युतीय सवारीको आयातमा लगाइएको अन्तशुल्क खारेज, भन्सार महसुल पनि घटाइयो

    १९. सुकेटारलाई रवीन्द्र अधिकारी र चुहान डाँडालाई आङछिरिङ शेर्पा विमानस्थल नामाकरण गरिने

    २०. प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि

    २१. काठमाडौंका उद्योगलाई मयुरधाप औद्योगिक क्षेत्रमा सारिने

    २२. रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट

    २३. सरकारी स्वास्थ्य संस्थामा पत्रकारको निस्शुल्क उपचार

    २४. चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट

    २५. जिल्लामा आवसीय विद्यालय सञ्चालन गरिने, कोभिडबाट मृत्यु भएका सन्तानलाई छात्रवृत्ति

    २६. पेट्रोलियमका हलुका सवारीलाई २०८८ सम्म विद्युतीय साधनले विस्थापन गरिने

    २७. आइसियू, भेन्टिलेटर खरिद गर्न ४ अर्ब विनियोजन

    २८. दुई वर्षभित्र सबै स्थानीय तह क्षयरोगमुक्त

    २९. साउन १ गतेदेखि पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक

    ३०. २ लाखलाई रोजगारी दिन १२ अर्ब विनियोजन

    ३१. मल खरिदका लागि १२ अर्ब बजेट विनियोजन

    ३२. नेपाल भ्रमणमा आउने विदेशीले १ महिनाको भिसा नि:शुल्क पाउने

    ३४. मासिक न्युनतम २० हजार लिटर खानेपानी उपयोग गर्दा महसुल छुट, निषेधाज्ञा अवधिभरको विद्युत महसुल छुट

    ३५. सामुदायिक, निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गर्दा ५० प्रतिशत अनुदान दिइने

    ३६. अब ४० वर्ष माथिकाको स्तन र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क परीक्षण

    ३७. अक्सिजन तथा प्लान्ट आयात गर्दा भन्सार मूल्य अभिवृद्धि कर छुट

    ३८. कोभिड–१९ को उपचार निःशुल्क, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

    ३९.कोरोनाविरूद्धको खोपका लागि २६ अर्ब, उपचारका लागि ३७ अर्ब बजेट

     

    यस्तो छ पूर्णपाठ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार