Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अधिकार नै नभएको सरकारले स्वार्थ पूरा गर्न प्रचारमुखी बजेट ल्याएको पूर्व अर्थमन्त्रीको आरोप

    अधिकार नै नभएको सरकारले स्वार्थ पूरा गर्न प्रचारमुखी बजेट ल्याएको पूर्व अर्थमन्त्रीको आरोप

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले राजनीतिक स्वार्थ पूरा गर्नका लागि प्रचारमुखी बजेट ल्याएको प्रतिक्रिया दिएका छन् । बजेटमा समावेश विषय बस्तुहरुको विरोध गर्नुपर्ने नभएपनि यो बजेट कार्यान्वयन हुन कठिन रहेको बताए ।

    अधिकार नै नभएको काम चलाउ सरकारले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न मूल लक्ष्य राखेर बजेट ल्याएको बताउँदै उनले भने–‘यो बजेटमा एक वर्षमा कुन–कुन कार्यक्रम सम्पन्न हुने भनेर पनि तोकिएको छैन । यो प्रचारात्मक बजेट छ । यो तुरुन्तै लागु पनि हुँदैन । लोक रिझाइ खालको बजेट आएको छ । मुखले भनेपनि तुरुन्त कार्यान्वयन गर्न सजिलो छैन ।’



    उनले विश्वासको मत प्राप्त सरकारले संसदमा पेश गर्नुपर्ने बजेट यो सरकारले अध्यादेशबाट ल्याउनु नै गलत रहेको दावी पनि गरेका छन् । उनले भनेका छन्–‘यो विश्वासको मत प्राप्त गरेको सरकार होइन, काम चलाउ सरकार त्यसमा पनि यो सरकार रहने या नरहने भन्ने अवस्थामा र सर्वोच्चमा मुद्दा चलिरहेको बेलामा यसरी बजेट प्रस्तुत गर्ने सरकारको अधिकार नै थिएन ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार