Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बाबुराम भट्टराई भन्छन् – बजेट सिधासाधा मतदातालाई ललिपप बाँडे जस्तै, एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो

    बाबुराम भट्टराई भन्छन् – बजेट सिधासाधा मतदातालाई ललिपप बाँडे जस्तै, एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 3K
    SHARES

    काठमाडौं। जनता समाजावदी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८र७९ को बजेट सिधासाधा मतदातालाई ललिपप बाँडेको जस्तै देखिएको तर्क गरेका छन् ।

    डा. भट्टराईले अर्थमन्त्रीमार्फत् वाचन गरिएको बजेट र नहुने चुनावको एमालेको घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक नपाइएको पनि उल्लेख गरे ।



    भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘अर्थमन्त्रीमार्फत बाचन गरिएको नहुने चुनाबको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन। सिधासाधा मतदातालाई ललिपप बाँडेको देखियो । पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो। ‘



    आज अर्थमन्त्री  विष्णु पौडेलले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका  थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार