Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतमा तेस्रो चरणको महामारीको खतरा, १ करोड खोप किन्न दिल्ली सरकारद्वारा टेन्डर आह्वान

    भारतमा तेस्रो चरणको महामारीको खतरा, १ करोड खोप किन्न दिल्ली सरकारद्वारा टेन्डर आह्वान

    अनलाइन नेपाल
  • आइतबार, १६ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    एजेन्सी। भारतको दिल्ली प्रदेश सरकारले कोरोनाभाइरस विरुद्धको एक करोड खोप किन्नका लागि टेन्डर आह्वान गरेको छ ।

    देशको केन्द्रीय राजधानीसमेत पर्ने दिल्ली सरकारले आपतकालिन “ग्लोवल टेन्टर” आह्वान गरेको अधिकारीहरुले जनाएका छन् ।



    जनरल स्वास्थ्य सेवा निर्देशनालयद्वारा प्रकाशित बोलपत्रमा आगामी जुन ७ गते बेलुका ५ बजेसम्म बोलपत्रका लागि फाराम भर्न सकिने समयावधि तोकिएको छ ।



    भारत सरकारको आधिकारीक निकायले प्रयोगका लागि अनुमति दिएको खोप मात्रै खरिद गर्नु पर्ने टेन्डरमा उल्लेख गरिएको छ । टेन्डर इमेलमार्फत् भर्न सकिने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

    कोरोना भाइरसको महामारी नियन्त्रण हुन नसकेको र फेरि तेस्रो चरणको महामारी फैलिने खतरा रहेकाले खोप खरिदलाई प्राथमिकता दिइएको प्रदेश सरकारले जनाएको छ ।

    दिल्ली सरकारका अनुसार अहिले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुलाई दुई लाख ६५ हजार १० कोभिसिल्ड खोप उपलब्ध गराइएको छ । त्यस बाहेक दिल्लीका अरु ५२ लाख ६४ हजार २३२ खोप प्रयोग भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार