Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

१४ वटा पार्टीको संयुक्त मोर्चा बनाएर विप्लवले भने : ओली इन्डो–अमेरिकी गठबन्धनको गोटी बने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टीले आफूसहित साना १४ वटा पार्टीको संयुक्त मोर्चा बनाएको घोषणा गरेको छ।

गत शुक्रबार अर्थात्जे ठ १४ गते बसेको बैठकबाट बनाइएको संयुक्त मोर्चामा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पका साथै विद्यमान व्यवस्थाकै विकल्प खोजिनुपर्ने ठहर रहेको छ।

शनिबार उक्त मोर्चाले एक विज्ञप्ति सार्वजनिक गर्दै ओली इन्डो–अमेरिकी गठबन्धनको गोटीको रुपमा काम गरिरहेको आरोप लगाउँदै विज्ञप्तिमार्फत भनेको छ, ‘एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेका छन् ।

त्यस्तै, विज्ञप्तिमा भनिएको छ,'सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन हामी जोडदार माग गर्दछौं ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077