Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • बजेट भाषणपछिको पहिलो दिन नै हालसम्मकै उच्च १७ अर्बको सेयर किनबेच

    बजेट भाषणपछिको पहिलो दिन नै हालसम्मकै उच्च १७ अर्बको सेयर किनबेच

    अनलाइन नेपाल
  • आइतबार, १६ जेष्ठ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेपछिको पहिलो कारोबार दिन नै नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । बजेटमा सेयरलाई प्रभावित गर्ने कुनै कार्यक्रम आएको नभएपनि दोस्रो बजारमा आइतबार १७ अर्ब रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । एकै दिन यति धेरै रकमको कारोबार भएको यो हालसम्मकै उच्च हो । यद्यपी नेप्से परिसूचकमा भने साढे १२ अंकको मात्र वृद्धि देखिएको छ ।

    बजेट सकारात्मक रहेकाले लगानीकर्ताको उत्साह बढेकाले कारोबारमा उत्साह देखिएको लगानीकर्ताहरुको तर्क छ । करिब १ लाख ७३ हजार ५ सय ३७ वटा कारोबारबाट २ सय १९ कम्पनीका ४ करोड २६ लाख ३६ हजार ३ सय ४८ कित्ता सेयर किनबेच भए ।



    ती किनबेचबाट १७ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । गत बिहीबार नेप्सेमा यसअघिकै उच्च १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।



    अघिल्लो कारोबार दिनको तुलनामा १२.५४ अंकले बढेपछि समग्र नेप्से २ हजार ८ सय २७.९३ विन्दुमा पुगेको छ । सो दिन सेन्सेटिभ परिसूचक ०.६७ प्रतिशत र फ्लोट परिसूचक ०.८२ प्रतिशतले बढ्दा सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि बढेर ३९ खर्ब २४ अर्ब रुपैयाँ कायम भएको छ । यो पनि हालसम्मकै उच्च हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार