Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एसईई वैकल्पिक विधिबाट गर्ने तयारी, बोर्डले माग्यो अनुमति

    एसईई वैकल्पिक विधिबाट गर्ने तयारी, बोर्डले माग्यो अनुमति

    अनलाइन नेपाल
  • आइतबार, १६ जेष्ठ २०७८
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई लक्षित गरी राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति मागेको छ ।

    जेठ १३ का लागि पूर्व निर्धारित परीक्षा कोरोना महामारीका कारण हुन नसकेपछि बोर्डले अनुमति मागेको हो । सुझाव समितिको प्रतिवेदनको आधारमा अनुमति माग गरिएको जानकारी गराउँदै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न अनुमति मागिएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले अनुमति पाउने अपेक्षा रहेको बताए ।



    बोर्डले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनबारे सुझाव दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा समिति गठन गरेको थियो । समिति एसईई र कक्षा १२ दुबैको परीक्षा सञ्चालनबारे विभिन्न विकल्प सुझाएको थियो ।



    आइतबार बसेको परीक्षा बोर्डको बैठकले समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने र मन्त्रालयले उपयुक्त विधि छनोट गरी मन्त्रिपरिषदमा लैजान आग्रह गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

    यद्यपी परीक्षा बोर्डले अहिले एसईईका लागि अनुमति माग गरेको छ । कक्षा १२ का लागि केही समय पर्खने र आवश्यकता परेको खण्डमा मात्र अनुमति माग्ने बोर्डको तयारी छ ।

    जेठ १३ गतेदेखि शुरु हुने भनिएको परीक्षा रोकिएपछि ५ लाख १७ हजार विद्यार्थी तनावमा छन् भने कक्षा १२ का करिब ४ लाख विद्यार्थी परीक्षाको तयारीमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार