Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • इजरायलमा सत्ता परिवर्तनको प्रयासमा विपक्षी पार्टी

    इजरायलमा सत्ता परिवर्तनको प्रयासमा विपक्षी पार्टी

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    एजेन्सी । इजरायलको प्रमुख विपक्षी दलले प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको विकल्पमा सहमतिको सरकार बनाउने प्रयास गरिरहेको छ ।

    न्यू राइट पार्टीका नेता नाफ्ताली बेनेटले सहमतिको सरकार बनाउनका लागि आफ्नो पार्टीले प्रक्रिया थालेको बताए ।



    योसँगै नेतन्याहूको नेतृत्व इजरायलमा अन्त्य हुने सम्भावना बढेको छ । नेतन्याहू इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहने व्यक्ति हुन् । उनी विगत १२ वर्षदेखि देशको प्रधानमन्त्री छन् । उनी सन् २००९ देखि प्रधानमन्त्री रहँदै आएका छन् ।



    न्यू राइट पार्टीका नेता नाफ्तालीलेले सरकार गठनका लागि मध्यमार्गी पार्टी यश अतित पार्टीका नेता यायर लेपिडसँग गठबन्धन निर्माणका सम्बन्धमा छलफल थालेका छन् । लेपिडले बुधबारसम्म आफ्नो प्रयासको नतिजा सार्वजनिक गर्ने छन् ।

    तर प्रधानमन्त्री नेतन्याहूले भने सहमतिको सरकार बनाउने नयाँ प्रयासले इजरायललाई कमजोर बनाउने दाबी गरेका छन्।

    घोटालाको मुद्दा खेपिरहेका नेतन्याहूले गएको मार्चमा भएको आम निर्वाचनमा बहुमत ल्याउन सकेका थिएनन् । पछिल्लो दुई वर्षमा इजरायलमा चौथोपटक चुनाव भएको हो ।

    नयाँ प्रधानमन्त्री बन्ने प्रयासमा लेपिडलाई सहयोग गर्ने घोषणा गरेका नाफ्ताली दक्षिण पन्थी पार्टीहरुको गठबन्धन यामिनाका नेता हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार