Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

महन्थ ठाकुरले स्पष्टीकरणको जवाफ नदिने, जसपा फुटको संघारमा

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन्।

पार्टी एकताका लागि लचकता अपनाउने बताएका ठाकुरले बाबुराम भट्टराई र उपेन्द्र यादवले सोधेको स्पष्टीकरणको जवाफ नदिने भबताएका छन् । प्रथम अध्यक्षलाई द्वितीय अध्यक्षले स्पष्टीकरण सोध्ने चलन नरहेको भन्दै ठाकुरले स्पष्टीकरणको कुनै औचित्य नभएको बताएका छन् । ठाकुरको सो अडानसँगै जसपा फुटको संघारमा पुगेको छ ।

संघीय परिषद अध्यक्ष भट्टराई र अध्यक्ष यादवले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण पत्रमा चित्त बुझ्दो जवाफ नदिए पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिइएको थियो।

यादव पक्षले आफूसँग कार्यकारिणीमा बहुमत रहेको दाबी गर्दै आएको छ। ५१ सदस्यीय कार्यकारिणी समितिमा आफ्नो पक्षमा ३० जना रहेको दाबी गर्दै आएको छ। बहुमत सांसदहरु भने ठाकुरका पक्षमा छन्। विघटित प्रतिनिधिसभामा ३२ सांसदमध्ये ठाकुरका पक्षमा २० जना छन्।

ठाकुरले पनि उपेन्द्र यादवलाई पार्टी हित विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए। ठाकुर र राजेन्द्र महतो पक्ष वर्तमान सरकारले मधेसको माग सम्वोधन गरिरहेको भन्दै केपी शर्मा ओलीको सरकारमा सहभागी हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077