Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ठाकुर-महतो सरकारमा

    जसपालाई गृहबाहेक पूर्वमाओवादीले सम्हालेका ६ मन्त्रालय, कुल ८ मन्त्री र २ राज्यमन्त्रीमा सहमति

    जसपालाई गृहबाहेक पूर्वमाओवादीले सम्हालेका ६ मन्त्रालय, कुल ८ मन्त्री र २ राज्यमन्त्रीमा सहमति

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 3.6K
    SHARES

    काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने भएका छन्।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमति अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन जसपालाई आठ मन्त्री र २ राज्यमन्त्री दिनेसहमति भएपछि उनीहरु सरकारमा सहभागी हुने भएको स्रोतले बताएको छ।



    स्रोतका अनुसार आजको छलफलमा ८ मन्त्री र २ राज्यमन्त्री जसपाले पाउने गरी सहमति जुटेको हो । जसमा ८ मध्ये ६ वटा पूर्वमाओवादी खेमाका मन्त्रीहरू जिम्मेवारीविहीन भएपछि रिक्त भएका मन्त्रालय छन् । तर, गृहमन्त्रालय भने जसपाले नपाउने निश्चित भएको छ।



    ‘कुन–कुन नेतालाई कुन–कुन मन्त्रालय दिने भन्ने कुरामा सहमति भइनसकेको तर १० जनामध्ये सबैको नाममा अहिले सहमति जुट्न नसके आज वा भोलिसम्ममा पहिलो लटमा ५ मन्त्रीसहित शपथ हुन सक्छ,’ स्रोतले भन्यो।

    जसपाका एक कार्यकारिणी सदस्यका अनुसार अहिलेसम्म राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, उमाशंकर अरगरिया, विमल श्रीवास्तव र एकवाल मियालाई मन्त्री बनाउने पक्का भएको छ ।

    त्यसैगरी, रेणुका गुरुङ, चन्द्रकान्त चौधरीलाई राज्यमन्त्री दिने कुरामा छलफल चले पनि सहमति कायम हुन नसकेको स्रोतले बताएको छ।

    गत जेठ ७ गतेदेखि प्रधानमन्त्री ओलीले थप सातवटा मन्त्रालय आफैँले सम्हाल्दै आएका छन् ।

    गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय ओलीले सम्हालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार