Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कांग्रेस र माओवादी दुवै फुटाउन सक्छौँ : महेश बस्नेत

    कांग्रेस र माओवादी दुवै फुटाउन सक्छौँ : महेश बस्नेत

    'एमालेको सिता खाने अनि देउवाको गीता गाउने'

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका युवा नेता महेश बस्नेतले आफूहरुले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउन सक्ने दाबी गरेका छन् ।

    आज एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेता बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गर्दै माओवादी केन्द्रका पनि २५/२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगेको बताएका छन्।



    ‘उहाँहरुको जस्तो हर्कत गर्ने हो भने हामी दुवै दललाई विभाजन गर्न सक्ने हैसियतमा छौं, बस्नेतले भने, यद्यपि यस्ता गतिविधि गर्दा अपहरण जस्ता आरोप लगाउँछन् ।’



    विगतमा केपी  ओलीलाई गाली गर्ने माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माहरु एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको पनि बस्नेतले बताए । तर, आफूहरुले प्रचण्ड–बाबुरामहरु भन्दा त्यहाँ भएका क्रान्तिकारीहरुलाई एमालेमा ल्याउने बस्नेतले बताए ।

    यस्तै फरक प्रसंगमा उनले भने, ‘म काँग्रेसका नेता र बुद्धिजीवीहरुलाई प्रश्न गर्न चाहान्छु । के काँग्रेसले बहुदलीय व्यस्तता र लोकतान्त्रिक मुल्य मान्यता र पद्दति छोडेको हो ? नेकपा एमालेका २६ र जसपाका १२ सांसदहरुको हस्ताक्षर बोकेर राष्ट्पतिको कार्यालय र सर्वोच्चमा गइरहँदा म शेरबहादुर देउवाजीलाई प्रश्न गर्न चाहान्छु’, बस्नेतको प्रश्न थियो । उनले बहुदलीय व्यवस्थाका निम्ती ७१ बर्षदेखि  लडेको यहि दिन हेर्न हो भन्दै तपाईहरु अव निर्दलीय व्यवस्थामा प्रवेश गर्नुभो भन्दै प्रश्न गरे ।

    ‘एमालेको सिता खाने अनि उता देउवाको गिता गाउने’ बस्नेतले भने,’ यो कम्युनिस्ट आन्दोलनलाई शेरबहादुर देउवाको पाउमा चढाउने दुस्चक्र गर्नुभएको छ यो इतिहासले माफी दिँदैन’, बस्नेतले एमालेको माधव पक्षका सांसदहरुलाई चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार