Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • एमाले नै टुक्रिन लागेको बेला कांग्रेस र माओवादी फुटाउने महेशको दावी

    एमाले नै टुक्रिन लागेको बेला कांग्रेस र माओवादी फुटाउने महेशको दावी

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेकपा एमाले यतिबेला फुटको संघारमा छ । माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष पार्टी अध्यक्ष केपी ओलीसँग टाढिएका छन् । प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत समेत नदिएको नेपाल–खनाल पक्षले नयाँ प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेको थियो ।

    एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामै हुँदादेखि नै नेपाल–खनाल पक्षले ओलीले तानाशाही प्रवृति देखाएको भन्दै विरोध गर्दै आएको थियो । ओली र नेपालबीच यस अघि दुई दिन लगातार वार्ता भएपनि वार्ता सफल हुन सकेको छैन । यसरी एमाले नै लगभग फुट्ने निश्चितप्राय भएका बेला प्रधानमन्त्री ओलीका ‘राइट ह्याण्ड’ मानिएका युवा नेता महेश बस्नेत भने अर्काको पार्टी फुटाउन सक्ने भन्दै दावी गर्दै हिंडेका छन् ।



    नेता बस्नेतले आफूहरुले चाहे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउन सक्ने भन्दै उनले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको र माओवादी केन्द्रका पनि २५/२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगेको बस्नेतको दावी छ ।



    सोमबार एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बस्नेतले भने–‘उहाँहरुको जस्तो हर्कत गर्ने हो भने हामी दुवै दललाई विभाजन गर्न सक्ने हैसियतमा छौं । यद्यपि यस्ता गतिविधि गर्दा अपहरण जस्ता आरोप लगाउँछन् ।’

    विगतमा केपी शर्मा ओलीलाई गाली गर्ने माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माहरु एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा रहेको पनि बस्नेतले बताए ।

    आफ्नै पार्टी फुट्न लागेकोप्रति केही पनि नबोलेका बस्नेतले आर्काको पार्टी फुटाउन चाहिं सक्छौं भनेर के पुष्टि गर्न खोजेका हुन् ? त्यो भने समयले नै मूल्यांकन गर्ला । हुनत असल राजीतिज्ञ हुन आफ्नो पार्टीलाई फुटाउने र अर्काको पार्टीलाई पनि फुटाउनु पर्ने हो कि ?

    नेता बस्नेतले नेपाल पक्षप्रति लक्षित गरी उल्टै चेतावनी शैलीमा हिम्मत भए पार्टी फुटाउन सल्लाह दिएजस्तो गरी धम्कीपूर्ण भाषा प्रयोग गरे । उनले भने–‘अब एमाले र जनता समाजवादी पार्टीका सांसदहरुसँग दुईवटा विकल्प छ ।

    कि ४० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्ने मनसायका साथ देउवालाई प्रधानमन्त्री बनाउने हिम्मत राख्नुपर्ने कि एमाले र जनता समाजवादी पार्टीका सांसदसँगको काँग्रेसले आफ्ना आवद्दता तोड्नुपर्यो । होइन भने एमालेको सिता खाने अनि उता देउवाको गिता गाउने यो कम्युनिस्ट आन्दोलनलाई शेरबहादुर देउवाको पाउमा चढाउने दुस्चक्र गर्नुभएको छ यो इतिहासले माफी दिँदैन ।’

    उनले हिजो प्रतिगमन सच्चियो भनेर राजाका शिरमा दाम चढाउन गएका माधव नेपाल र हिजो दरबारलाई प्रजातन्त्र बुझाउने देउवाहरु वर्तमान सरकार ढाल्न सांसद खरिद बिक्री गर्न लागेको आरोप समेत लगाउन भ्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार