Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कोपा अमेरिका फुटबल ब्राजिलमा हुने

    कोपा अमेरिका फुटबल ब्राजिलमा हुने

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने भएको छ ।

    दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल)ले कोपा अमेरिकाबारे निर्णय गरेको हो । ब्राजिल सो प्रतियोगिताको साविक विजेता हो ।



    यस अघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय भएको थियो । कोरोना भाइरसको महामारीका कारण अर्जेन्टिनाबाट प्रतियोगिता सारिएको हो ।



    कोरोनाको दोस्रो लहरसँगै अर्जेन्टिनामा फुटबल गतिविधि एक महिनादेखि बन्द छ । प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तय भएको छ । सन् २०२० मा आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोनाका कारण एक वर्ष पछि सरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार