Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीलाई भीम रावलको कटाक्ष : लम्पसार नै पर्ने भए जसपालाई २० मन्त्री दिएर धूपबत्ती गर्नुस्

    प्रधानमन्त्री ओलीलाई भीम रावलको कटाक्ष : लम्पसार नै पर्ने भए जसपालाई २० मन्त्री दिएर धूपबत्ती गर्नुस्

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता डा. भीम रावलले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जान लागेको समाचारप्रति कटाक्ष प्रकट गर्दै टिप्पणी गरेका छन्।

    नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष हान्दै जसपालाई २० मन्त्रालय दिएर बाँकी आफूसँग राख्न र ‘लम्पसार परेर शक्तिलाई मख्ख पार्ने काम गर्न समेत भनेका छन्।



    सोमबार राति सामाजिक सञ्‍जाल ट्वीटरमा उनले लेखेका छन्, ‘जसपा (महन्थ पक्ष) लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो। प्रम केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला! यसो गर्दा खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने!’



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार