Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आजदेखि तीन देशका लागि हवाई उडान खुला, यस्ता छन् नेपाल आउँदा पालना गर्नुपर्ने नियमहरु

    आजदेखि तीन देशका लागि हवाई उडान खुला, यस्ता छन् नेपाल आउँदा पालना गर्नुपर्ने नियमहरु

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 3.5K
    SHARES

    काठमाडौँ। सरकारको निर्णयानुसार मङ्गलवारदेखि लागु हुनेगरी नेपालबाट तीन देशका लागि हवाई उडान खुला भएको छ।

    चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुलेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। ‘टर्किश एअरलाइन्सले बिहीवारबाट उडान गर्नका लागि आवेदन नै दिइसक्यो। अब नेपाल एअरलाइन्स र चिनियाँले दिन्छन्,’ उनले भने।



    प्रवक्ता क्षेत्रीका अनुसार यसै साताबाट तीनवटै स्थानमा उडान सुरु हुनेछ।



    यसअघि गत बिहीवार बसेको मन्त्रिपरिषद्‌को बैठकले कतारको दोहा, टर्कीको इस्तानबुल र चीनको कुनै एउटा स्थानका लागि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने निर्णय गरेको थियो।

    यसैबीच, सरकारले हवाई उडान खोलेपछि नेपाली र विदेशी नागरिकका लागि नयाँ मापदण्डहरु जारी गरेको छ।

    मन्त्रिपरिषद्ले जारी गरेको मापदण्डमा आवतजावतदेखि होटल क्वारन्टीन र होम क्वारन्टीसम्मका विषय समेटिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार