Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सीडीओहरुको बैठक

    उपत्यकाको निषेधाज्ञा अझै १० दिन थपिने, किराना र डिपार्टमेन्ट स्टोर खोल्न पाइने

    उपत्यकाको निषेधाज्ञा अझै १० दिन थपिने, किराना र डिपार्टमेन्ट स्टोर खोल्न पाइने

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। उपत्यकाका जिल्लाहरुमा जारी रहेको निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ ।

    आज अपराह्न बसेको उपत्यकाका ३ जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ)हरुको बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकोले थप १० दिन लम्ब्याउनेबारे छलफल भएको बताएको छ ।



    यद्यपि आजको छलफलमा खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए । आजको बैठकमा छलफल मात्रै भएको र बुधबार बिहान निर्णय गरिने उनले बताए ।



    साथै निर्माण क्षेत्रमा काम रोकिएकोले निर्माण स्थलमै आवासीय रुपमा कामदार राखेर निर्माणका काम  गर्न दिनेबारे पनि छलफल भएको छ ।

    कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको एक महीना पूरा भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार